नेपालगन्ज
बाँकेको नेपालगन्ज निवासी पश्चिम नेपाल लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशको पत्रकारीतामा खोज पत्रकारीता टेलिभिजन पत्रकारीताको एउटा हस्ती कृष्ण खनाललाई नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले कानुन विभागको सदस्यमा मनोनयन गरेको छ।
खनाल करिब २ दशकदेखि टेलिभिजन पत्रकारीमा खारिएको एउटा हस्तिको रूपमा परिचीत हुनुहुन्छ ।उहाँ तत्कालीन मध्यपश्चिमान्चलको एभिन्युज टेलिभिजनको ब्युरो प्रमुख माउन्टेन टेलिभिजनको लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको प्रमुख र न्युज २४ को ब्युरो प्रमुख हुँदै हाल अर्थ टेलिभिजनको ब्युरो प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ।
खनाल ब्यवसायिक रूपमा समेत परिचित सगुन दाईको नामले परिचित हुनुहुन्छ ।नेपालगन्जको त्रिबेनि चोकमा बिगत २७ बर्षदेखि सगुन फोटाे स्टुडियो संन्चालनमा गर्नुभएको छ भने आफ्नै संन्चारमाध्यम सगुन साप्ताहिक पत्रीकाको प्रकाशक एवं सम्पादक समेत हुनुहुन्छ ।