Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजनेपाल फोटाे पत्रकार महासंघलाई २ सय थान ज्याकेट हस्तान्तरण ।

नेपाल फोटाे पत्रकार महासंघलाई २ सय थान ज्याकेट हस्तान्तरण ।


बारा , १ असाेज
नेपाल फोटो पत्रकार महासंघलाई ऐतिहासिक धरहरा निर्माण गरि रहेको रमन कन्सट्रक्सन प्रा.लीले एक कार्यक्रमका बिच दुई सय थान प्रेस ज्याकेट हस्तान्तरण गरेकाे छ ।
सामाचार संकलनमा सहयाेग पुर्‍याउँने उद्देश्यले उक्त परिणामको प्रेस ज्याकेट पूर्व अर्थमन्त्री रामशरण महतको उपस्थितीमा कन्सट्रक्सनका प्रमुख कार्यकारी अधिकृत रमन महतोले बिहिवार काठमाण्डौंमा महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आलेलाई हस्तान्तरण गरेका हुँन् ।
कार्यक्रममा संक्षिप्त भनाई राख्दै पूर्व अर्थ मन्त्री महतले देश विकासमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुँने भएकाले सञ्चार श्रेत्रको व्यवशायिक विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए ।
धरहरा निर्माणको प्रसंङ्ग उठाउँदै उनले आँफू अर्थ मन्त्री रहँदा धरहरा पुन:र्निर्माणका लागि नेपाल दुरसञ्चार संस्थानको विल भुत्तानीमा ग्राहकबाट एक प्रतिशत धरहरा निर्माणको लागि रकम जुटाउँन शुरु गरेको बताए ।
कन्सट्रक्सनका प्रमुख कार्यकारी अधिकृत महतोले फोटो पत्रकारहरुको योगदानको प्रशंसा गर्दै महासंघसँग सहाकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।
उनले धरहरा निर्माणको प्रसंङ्गमा धरहरा निर्मणको जिम्मा पाउँनु हाम्रो पुस्ता कै लागि एउटा सुखद् अवसर भएको बताए ।
कोरोना महामारिका कारण जारी लकडाउनमा फोटो खिच्न कार्य क्षेत्रमा जानै पर्ने फोटो पत्रकारको पेशागत दयित्वका कारण प्रेस ज्याकेटको माँग बढे पछि महासंघले विभिन्न संस्थाहरु मार्फत सहयोग जुटाउँने पहल गरेको हो ।
महासंघले जिल्ला तथा प्रदेशबाट माँग भई आएको विभिन्न परिणामको प्रेस ज्याकेट , मास्क र सेनीटाईजरहरु कार्य क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई उपलब्ध गराई रहेको छ ।
कार्यक्रममा कन्सट्रक्सनका बजार व्यवस्थापक संतोष न्यौपाने पनि उपस्थित थिए ।
त्यसैगरी महासंघको तर्फबाट केन्द्रिय उपाध्यक्ष सागर श्रेष्ठ , केन्द्रिय महासचिव हरिप्रसाद रेग्मी , केन्द्रिय सहसचिव नरेश श्रेष्ठ तथा काठमाण्डौं शाखाका सचिव किरण पन्थ लगायतकाे उपस्थिति रहेकाे थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments