बैजनाथ सम्बादाता
बाँके जिल्लाको बैजनाथमा शुक्रबार नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नरेन्द्र पान्डे (जेम्स) को प्रमुख आतिथ्यमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का केन्द्रिय उपाध्यक्ष तप्तराज आचार्य नेपाल राष्ट्रिय कर्मचारी महासंघ बाँके जिल्ला अध्यक्ष पवन देब अर्याल लगाएतको उपस्थितिमा बैजनाथ गाउँपालिका स्तरीय कमिटी भिम बहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ।
उक्त कमिटी गठन कार्यक्रममा प्रमुख अतिथिले जेम्सले संगठनमा आवद्ध सम्पुर्ण कर्मचारीहरुले सेवा ग्राहकलाई राम्रोसँग असल बोली ब्यवहारका साथ पेश हुने सबै नागरिकलाई बराबरको स्थानमा राखेर सेवा प्रवाह गर्न अनुरोध गर्नुका साथ नब गठन भएको संगठनका सम्पुर्ण पदाधिकारीलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो।
जेम्सको अनुरोधलाई सम्पुर्ण संगठनमा आवद्ध कर्मचारीहरुले मनन गरेर लागू गर्ने र संगठनलाई मजबुत बनाएर सेवा प्रवाहमा सबैलाई समान ब्यवहार गरेर सेवा प्रदान गर्न प्रतिबद्धता जाहेर गर्नुभएको अध्यक्ष भिम बहादुर खड्काले जानकारी दिनु भयो।
बैजनाथ गाउँपालिका स्तरीय कमिटीको बिवरण यस प्रकार छ:-
१.श्री भिम बहादुर खड्का :अध्यक्ष
२.श्री राजेन्द्र बहादुर शाही:उपाध्यक्ष
३.श्री दुरपती थारु:कोषाध्यक्ष
४.श्रीमती सबिता बि क :सचीव
५.श्री युवराज धिताल :स सचीव
६.श्रीमती कमला गुरुङ सदस्य
७.श्रीमती शिला पाठक सदस्य
८.श्रीमती पुष्पा चलाउने सदस्य
९.श्रीमती कविता पुन सदस्य
१०.श्री जागेश्वर चौधरी सदस्य