Wednesday, December 4, 2024
spot_imgspot_img
Homeसमाजकृषिनौवस्ता औद्योगिक क्षेत्रको समस्या समाधान गर्न राजनैदललाई ध्यानाकर्षण

नौवस्ता औद्योगिक क्षेत्रको समस्या समाधान गर्न राजनैदललाई ध्यानाकर्षण

बाँके:बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही पुर्बप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई नौबस्था औधोगिक क्षेत्रमा बसोबासी जनताको ब्यबस्थापन र औद्योगिक क्षेत्र संचालनका नेपाली कांग्रेस सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउँनुभएको छ।

उक्त ध्यानाकर्षण पत्र बुझाउन प्रतिनिधि सभा सदस्य आशा बि क,लुम्बिनी प्रदेश सभा सदस्य बादशा कुर्मी बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय,राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नम्बर ३ सभापति भिम बहादुर खड्का लगाएत नेपाली काङ्ग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र लगाएत पार्टीका प्रतिनिधि स्थानीय जनप्रतिनिधि लगाएतको उपस्थितिमा अध्यक्ष शाहीले सभापति देउवालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको बैजनाथ गाउँपालिका ३ का वडा अध्यक्ष निखिल बैगारले जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनमा आफ्नो पहिलो प्रतिबद्धता बनाएर चुनावमा होमिएका शाही निर्वाचित भएपछि,पहिलो निर्णय नौवस्ता औधोगिक क्षेत्रको ब्यवस्थापन सहित स्थानीय जनताको समस्या समाधान गर्ने निर्णय गर्नुभएको थियो।

बैजनाथको स्थानीय सरकारले नौवस्तामा बसोबास गर्दै आएका जनतालाई भुमि अधिकार प्रदान गर्न बिगत लामो समयदेखि भोग चलग गर्दै आएको जग्गा स्थानीयलाई उपलब्ध गराउनुका साथै नौवस्ता औद्योगिक क्षेत्र संचालन गर्न धेरै परिश्रम गरेको देखिन्छ ।स्थानीय सरकारले नौवस्ताका स्थानीय जनतालाई जहाँ बसोबास गरेको सोही ठाँउमा ब्यवस्थापन गर्न स्थानीय स्तरमा सर्बदलिय बैठक बाट निर्णय पारित गर्न सफल भएको छ।
बाँके जिल्ला बाट सर्बदलिय र सर्बपक्षिय निर्णय गरेर नौवस्ता औद्योगिक क्षेत्रको नाममा रहेको करिब ५५ बिघा जग्गा नेपाल सरकारको नाममा दिएर पुनः नेपाल सरकार मार्फत स्थानीयको नाममा भोगचलन गरेको जग्गा भुमी आयोगको मापदण्ड अनुसार नामसारी गरेर बाँकी रहेको नौवस्ता औधोगिक क्षेत्रको जग्गामा द्रुतगतिमा औद्योगिक क्षेत्र निर्माण गर्न नेपाल सरकार समक्ष पहलकदमी गरीदिन अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाईएको हो।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष के पि शर्मा ओली ,नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री पुष्पकल दाहाल (प्रचण्ड)नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल रास्वपा कार्यवाहक सभापति डिपि अर्याल लगाएतलाई नौवस्ता औद्योगिक क्षेत्र ब्यवस्थापन सम्बन्धि ध्यानाकर्षण बुझाएपछि शनिबार नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण बुझाएको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments