बैजनाथ सम्बादाता/बाँके जिल्ला नेपाली काङ्ग्रेस सह सचीव बिनोद थारु स्थानीय निर्वाचन २०७९ को बाँके क्षेत्र नम्बर ३ संयोजकमा पार्टी जिल्ला कमिटीले चुनावी कमान्डरको रूपमा जिम्मेवारी प्रदान गर्यो।
निर्वाचन क्षेत्र नम्बर ३ को जानकी गाउँपालिका जहाँ स्थानीय सरकार प्रमुख नेपाली काङ्ग्रेसका छब्बन खान निर्वाचन हुनुभएको छ भने जानकि गाउँपालिका धेरै लामो समय पछि नेपाली काङ्ग्रेसले बिजयी हासिल गर्न सफल भएको छ।त्यसैगरी बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकाय भारी मतका साथ बिजयी हुनुभयो।खजुरा गाउँपालिका समेत नेकपा माओवादी केन्द्र्संग गठबन्धन गरेर अध्यक्षमा माओवादीका डम्मर बि क तुफान र उपाध्यक्षमा नेपाली काङ्ग्रेस बाट निर्बाचित मन्जु मल्ल निर्वाचित हुनुभएको छ।
चुनावी माहोलमा सबै नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको सहयोग साथ र समर्थन बिना यो सम्भव थिएन त्यसैले पनि जिल्ला बाट क्षेत्रको जिम्मेवारी लिएर आएको हुनाले राम्रो नराम्रो दुबै जिम्मेवारी नेताहरुले लिने हो।त्यसैले पर्दा पछाडिको हिरो बन्न सफल भए ।बैजनाथ ७ निवासी बाँके जिल्ला सह सचीव बिनोद थारू ।बिगत २०५४ सालदेखी नेबिसंघको निर्वाचन हुँदै अहिले यहाँसम्म पुग्न सफल हुन बिनोद थारु।