बििहीबार २ पुस, पर्सा । पर्साको बहुदरमाई नगरपालिका वडा नं ४ बहुअरीमा एक जनाको शव बरामद भएको छ । वडा नं ४ बहुअरीका २४ बर्षका अकलेशको सब फेला परेकाे छ। प्रकृति हेर्दा कसैले हत्या गरेर लासलाई रुखमा झुण्डाएको हुन सक्ने स्थानिय रामजी यादवले बताएका छन । पर्सागढी नगरपालिका वडा नं ६ चैनपुरको नदीको एकान्त ठाँउमा झुन्डियाएको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बेस क्याम्प बागेश्वरी त्रित्रौना तथा अस्थायी प्रहरी डोकैला चौकीका प्रहरी घटना स्थलपुगी शवको मुचुलका गरेका बताईएको छ । शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ । घटना कसले र किन गराएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।