Sunday, November 24, 2024
spot_imgspot_img
HomeUncategorizedपशुपतिको सेवामा बेङ्लोर रुट सिल्पर बस सेवा शुरु

पशुपतिको सेवामा बेङ्लोर रुट सिल्पर बस सेवा शुरु

बाँके:नेपाल बाट भारतका विभिन्न शहरहरुमा जाने यात्रुहरुलाई मध्यनजर गर्दै पशुपति दर्शन ग्रुप अफ कम्पनी अन्तर्गत पशुपति दर्शन टुर एन्ड ट्राभल्सले बिहिवार भारतको रुपैडिया देखि भारतको बेङ्लोर बस सेवा शुरु गरेको छ।

नेपाल बाट भारतका गुजरात राज्यका विभिन्न स्थानहरुमा यस अघिनै सेवा दिईरहेको यस ट्राभल्सले बेङ्लोर सेवा शुरु गरेको पशुपति दर्शन टुर एन्ड ट्राभल्सका अध्यक्ष बिर बहादुर सोनिले जानकारी दिए।

उक्त सेवा सुरुभएदेखि नै नेपाल बाट भारतका विभिन्न धार्मिक एवं पर्यटकिय स्थानहरुमा घुम्न जाने धार्मिक पर्यटकहरुका लागी भारतीय गाडीहरु बाट नै सेवा दिदै आएको थियो।रोजगारीको सिलसिलामा भारत जाने यात्रुहरुलाई सस्तो सुलभ र आरमदायी यात्रा गराउने उदेश्यका साथ यातायात सेवा संचालनमा ल्याएको हो।

बिगत लामो समयदेखि सिल्पर बस सेवा दिईरहेका नेपालगन्जका ट्राभल्सहरुले भारतीय नम्बर प्लेटका गाडी तथा बसहरु बाट सेवा दिदै आएका छन् ।पशुपति दर्शन ट्राभल्सले पहिलोपटक बेङ्लोर सेवा शुरु गरेको हो।
नेपाली ट्राभल्सले सेवा शुरु गरेपछि अब भारतको गुजरात मात्र नभई बेङ्लोर समेत नेपालीहरुलाई आवतजावत गर्न सहज हुने छ। आधुनिक सिल्पर बसभित्र शौचालयको समेत ब्यवस्था भएको ट्राभल्सका उपाध्यक्ष गोबिन्द रानाले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments