गौरब दाहाल नुवाकोटमा एक जना पुरुष विद्युतको तारमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरुष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्।
ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरुष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो । उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन्।
उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्। ‘केही घण्टा भयो, उहाँ पोलमा चढ्नुभएको। प्रहरीले उहाँलाई झर्नको लागि फकाइरहेको छ ।,’ खड्काले भन्नुभयो।
उहाँका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनलाई अहिले पोलबाट झार्ने प्रयास भइरहेको छ।