Friday, December 27, 2024
spot_imgspot_img
Homeराष्ट्रियपुर्ब प्रधानमन्त्री ओलीको क्षेत्रमा एमाले परित्याग गरि माओवादीमा प्रवेश

पुर्ब प्रधानमन्त्री ओलीको क्षेत्रमा एमाले परित्याग गरि माओवादीमा प्रवेश

दमक : पुर्व प्रधानमन्त्री केपी शर्मा ओलिको गृह नगर झापाको दमकमा एउटा सिंगो गाउँ नेकपा एमाले छाडेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ। झापाको दमक ९ का करिब १ सय बढी ब्याक्तीहरु माओवादी प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई माओवादी केन्द्र प्रदेश सदस्य गगन पुरी , जिल्ला कमिटी सदस्य दुर्गा चौलागाईं , जिल्ला सदस्य भुमिका कोइराला , नगर इन्चार्ज बेदु गौतम , नगर सचिब शंखर बस्नेत , नगर सदस्य दिपक कुमार फुयाल , शान्तिराम भट्टराई , कैलाश पौडेल , मनोज घोर्साइ , कल्पना तामाङ लगायतले अबिर मालासहित स्वागत गरेका थिए।

एमाले र काङ्ग्रेसले जनतालाई धोका दिँदै आएको तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बेला आफुहरुलाइ धेरै आश्वासन दिए पनि निर्वाचन पश्चात बेवास्ता गर्दै निर्वाचन अगाडी गरेका प्रतिबद्धता पूरा नगरेको र आश्वासन मात्र दिने गरेकाले सामूहिक रूपमा माओवादीमा प्रवेश गरेको बताए।
सोही अवसरमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एवं स्वतन्त्र रुपमा रहेका युवाहरूको पनि माओवादीमा प्रवेश गर्नेको लर्को लागेको थियो।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी प्रदेश १ सदस्य गगन पुरीले यस क्षेत्रमा रहेको समस्याहरुलाइ आफ्नै समस्याको रुपमा लिएको बताए । यस क्षेत्रमा रहेका धेरै समस्याहरुको समाधान गर्न आफू सदैव लागि पर्ने उनले बताए । उनले राजनीतिक खिचातानी र आपसी कलहमा व्यस्त रहेका एमाले र कांग्रेसले मुलुकलाई निकास दिन नसक्ने जिकिर गरे । माओवादी पार्टीलाई दर्बिलो शक्तिको रूपमा स्थापित गर्ने जिम्मा कार्यकर्ताको काधमा रहेको बताउदै आगामी चुनावको तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नगर कमिटी सदस्य दिपक कुमार फुयाल ,जिल्ला कमिटी सदस्य भुमिका कोइराला , जिल्ला सचिवालय सदस्य दुर्गा चौलागाईंले नवप्रबेशी हरुलाइ स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए भने स्वागत मन्तव्य नगर कमिटी सदस्य शान्तिराम भट्टराईले गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments