जनक के.सि.
पुर्ब फिफा रेफ्री लब खत्रीको आज बिहान बाथरुममा लडेर निधन भयको छ।उनले करिब डेढ दशक रेफ्रीको भुमिकामा घरेलु तथा अन्तराष्ट्रिय फुटबलमा देखिएका थिए ।
सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि वाथरुममा छिरेका थिए । वाथरुममा लडेपछि उनलाई उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो ।खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए ।
उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए ।
खत्रीको निधनको औपचारिक कारण अस्पतालले पुष्टि नगरेपनी हर्टअट्याक हुन सक्ने अनुमान गरियको छ।उनको आजै अनत्यस्टी गरिने पारिवारिक स्रोतले जनायको छ।