नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै अधिक तोकेर सर्बसाधारण जीवन नै अस्तब्यस्त को स्थितिमा पुग्ने संम्भावना छ।
आयल निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँलेले मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । निगमले यती ठुलो मात्रमा एकै पटक मूल्यवृद्धि गरेको यो नै पहिलो पटक हो ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ भने बाह्यतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । एलपी ग्याँसको मुल्य भने हाललाई यथावत कायम राखिएको निगमले जनाएको छ ।