कोहलपुर ७ असोज
बाँकेको बैजनाथ गाउँपालिका ७ पेडारी स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा माबि स्तरमा गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ सो विषयको दरबन्दी भएका माधव शर्मा बिद्यालय बाट तलब खाएर शैक्षिक तालिम केन्द्र बाँकेमा कार्यरत भएका कारण मावि तहमा गणित विषयको पठनपाठन समस्या भएको छ ।
बैजनाथ गाउँपालिकामा कुल १० वटा माध्यमिक बिद्यालय छन् भने गणित विषय शिक्षक संख्या विषयगत कुल ५० जनाको दरबन्दी हुनुपर्ने हो तर १८ जना शिक्षकको दरबन्दी रहेको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय पेडारीमा माधब प्रशाद शर्मा एउटा मावि तहको शिक्षक दरबन्दी राज्यले दिएको छ सोहि दरबन्दीमा कार्यरत एक पनि जिल्ला समन्वय शिक्षा ईकाई बाँकेमा प्रशिक्षकको रूपमा काजमा छन् । उता बिद्यालयमा भने मा बि दरबन्दीमा कार्यरत शिक्षकको संख्या शुन्य भएको छ। स्थानीय सरकारले ब्यवस्थापन गर्नुपर्ने हो तर शिक्षक सरुवा बढुवा गर्दा जिल्ला समन्वय शिक्षाले गर्दै आएको छ।जहाँ ५० जना विषयगत शिक्षक हुनुपर्नेमा १८ जना शिक्षक छन् ! प्राप्याप्त शिक्षक दरबन्दी नहुदा “गुणस्तरीय शिक्षा ” प्राप्त गर्न कसरी सकिन्छ भन्ने वातावरण सृजना भएको छ ।
गुणस्तरीय शिक्षा बिद्यार्थिले पाउन मुस्किल छ ।
बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकाल शिक्षक दरबन्दी अनुसार नभए पनि स्थानीय सरकार एवं प्रदेश सरकार बाट अनुदानमा शिक्षक ब्यवस्थापन गरेको बताउछ्न
दरबन्दी शिक्षक सेवा आयोगमा माग गरेका छौँ पदपूर्तिका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न लागि परेका छौँ
जिल्ला शिक्षा समन्वय बाँकेका प्रमुख राम सुरेश यादव भन्छन् शिक्षा आयोगले शिक्षकलाई तोकेर प्रशिक्षणका रूपमा शैक्षिक तालिम केन्द्रका लागि सिफारिस सहित ल्याएर आएपछि हामीले प्रशिक्षककारुपमा माधव प्रशाद शर्मालाई ब्यवस्थापन गरेका हौं । स्थानीय बैजनाथ गाउँपालिका ७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय पेडारीमा भएको दरबन्दी जिल्ला शैक्षिक तालीम केन्द्रमा काजमा परिनत भएपछि गाउँपालिका प्रमुख मान बहादुर रुचालसँग गाउँपालिकाले शिक्षक ब्यवस्थापन गर्ने बारे मौखिक कुरा भएको भनेर हल्का जवाफ दिएका छन् ।
यसरी सम्बन्धित स्थानीय निकायले उचित ब्यवस्थापन नगर्दा बिद्यार्थिको भबिस्यमा खेलबाड भैरहेको छ। जसका लागि सम्बन्धित बि.ब्य.स शिक्षा शाखा र स्थानीय तहबिच समझदारीमा दरबन्दी एउटा ठाउँमा तर कार्यरत अर्कै स्थानमा हुँदा बिद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न नस्कने समस्या भएको हुन सक्ने बताइएको छ ।