Saturday, November 23, 2024
spot_imgspot_img
HomeUncategorizedपेडारी खानेपानी १ महिना भित्रै धारामा पानी:अध्यक्ष थारु

पेडारी खानेपानी १ महिना भित्रै धारामा पानी:अध्यक्ष थारु

बैजनाथ–२० कात्तिक ।
बाँकेको बैजनाथ गाउँपालिका मा सन्चालनमा आएका खानेपानी आयोजना मध्ये पेडारी खानेपानी आयोजनाको सम्पुर्ण काम सप्पन्न भएको छ ।
आगामी एक महिनाभित्र नागरिकले खानेपानी पाउने पेडारि खानेपानी उपभोक्ता समितिका अध्यक्ष देउता प्रशाद थारुले बताउनुभयो। खानेपानी शुचारु गर्न विद्युत प्राधिकरण बाट नै ढिला फ्युज आएपछि खानेपानीको धारा मा पानी पुग्न बाट बन्चित भएको हो । कुल ७०० सय घरधुरी मध्ये २ सय २१ घर दुरिले खानेपानीको धारा जडान गरेका छन् भने अन्य बाँकी रहेका घरधुरिलाई अति बिपन्न र संघ सस्था तथा सार्बजनिक स्थानहरुमा स्थानीय वडा द्वारा निशुल्क खानेपानी धारा जडान गरिने बैजनाथ गाउँपालिका ७ का अध्यक्ष सिताराम थारु ले बताउनुभयो ।
पेडारी खानेपानी उपभोक्ता समिति २०७२ सालमा स्थापना भई २०७३ सालमा काम थालनि भएको हो ।
यो खानेपानी आयोजना बैजनाथ गाउँपालिका मा भएका खानेपानी मध्ये सबैभन्दा कान्छो आयोजना भएतापनी सबैभन्दा पहिले आफ्नो सेवा सुचारु गर्दैछ। करिब ६ करोडको लागत अनुमान गरिएको यस आयोजनामा हालसम्म करिब ४ करोड खर्च भएको छ।दशैं अगाबै खानेपानी बितरण गर्ने योजना थियो तर विद्युतको ढिलाईले गर्दा फ्युज र ट्रासफार्म जडान गर्न अलिक कोरोना को कारण पनि सेवा शुचारु गर्न ढिला सुस्ती भएको हो तर अब २० दिन देखी १ महिना भित्र सबैको घरमा खानेपानी पुग्ने पेडारी खानेपानी तथा सरसफाइ समिति का अध्यक्ष देउता प्रशाद थारुले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments