Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियप्रचण्ड संसदीय दलको नेता चयन, ११४ जना सांसदको हस्ताक्षर रहेको प्रचण्ड–माधव पक्षको...

प्रचण्ड संसदीय दलको नेता चयन, ११४ जना सांसदको हस्ताक्षर रहेको प्रचण्ड–माधव पक्षको दाबी

facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing buttonकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो। संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिएका थिए ।

बैठकअघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको सो समूहको दाबी छ । ‘आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको छ,’ सांसद् सोमप्रसाद पाण्डेले दाबी गरे ।

आजको प्रचण्ड–माधव पक्षको दलको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको छ । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव पक्षले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको छ ।

दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । उता, केपी ओली पक्षले आफूहरुसँग १ सयभन्दा बढी सांसदहरु रहेको दाबी गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् । रातोपाटि अनलाइन बाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments