बैजनाथ सम्बादाता
बैजनाथ गाउँपालिका ७ नेरामाबी पेडारीको खेलमैदानमा गत चारदिन देखि बैजनाथ खेलकुद बिकास समितिको आयोजना र बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संन्चालित प्रथम उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तर विद्यालय प्रतियोगिता २०७९ शनिबार खेलकुद बिकास समिति संयोजक महाबिर थारुको अध्यक्ष एवं बैजनाथ गाउँपालिका स्थानीय सरकार प्रमुख प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यमा पुरस्कार बितरण कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ भने बैजनाथ गाउँपालिका ५ जि गाउँमा रहेको प्रभात नमूना माध्यमिक बिद्यालयले सिल्ड जित्न सफल भएको छ।
प्रभात नमूना माध्यमिक बिद्यालयले सहभागी कुल ४४ बिद्यालय मध्ये उत्कृष्ट नतिजा ल्याउदै ९ स्वर्ण पदक ३ कास्य पदक र ३ रजत पदक सहित प्रथम उप- प्रमुख बैजनाथ कप जित्न सफल भएको हो ।
त्यसैसगरि नेरामाबी ओरी लालपुर ४ स्वर्ण पदक २ रजत पदक र १ कास्य पदक सहित बाकी ४३ बिद्यालयहरुलाई उछिन्दै दोश्रो कप जित्न सफल भयो भने नेरामाबी नौलापुर २ स्वर्ण पदक १ रजत पदक र १ कास्य पदक सहित तेस्रो कप हात पार्न सफल भएको छ।
यसरी प्रथम बैजनाथ उप-प्रमुख कप जित्नेमा सम्पुर्ण सामुदायिक बिद्यालयहरुले प्रथम उप-प्रमुख बैजनाथ कप जितेर यो महासंङग्राममा सामुदायिक बिद्यालयहरुको नाम अझै शिखरमा पुर्याउन सफल सबै खेल शिक्षक खेलाडी र सम्पुर्ण बिद्यालयहरुलाई धन्यवाद ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष शाहिले यो खेललाई सफल बनाउने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो। किसानसँगपालिका प्रमुख कार्यक्रममा अति लोकप्रिय कार्यक्रम र सबै किसानहरुकोलागी भएकाले यो उप प्रमुख बैजनाथ कप आयोजना गरिएको बताउदै स्थानीय सरकारले स्वास्थ्य शिक्षा कृषिमा ठुलो लगानी गर्दै छौँ जुन देशकै धेरै जनसंख्या भएको बैजनाथ गाउँपालिका आगामी दिनहरुमा देशकै उत्कृष्ट खेलाडी उत्पादन गर्न र खेलाडीहरुलाई संरक्षण गर्न स्थानीय सरकार सधैं अग्रनी स्थानमा हुने प्रतिबद्धता जाहेर गर्दै स्थानीय सरकार सधैं चौतर्फी बिकासको दीर्घकालीन योजना सहित जनता सामु आएर प्रत्येक्ष जनताले महसुस गर्नेगरी काम गर्ने र स्थानीय सरकार सधैं सबैको साथमा रहेको प्रतिबद्धता सहित कार्यक्रम सफल बनाएकोमा खेलकुद बिकास समिति लगाएत सबैलाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्नुभयो।
उपाध्यक्ष निर्मला रोकायले शुभकामना मन्तव्यसँगै यो खेल अवधिभर सहयोग गर्ने सम्पुर्ण बिद्यालय शिक्षक खेलाडी दर्शक सबैलाई धन्यवाद ब्यक्त गर्दै शिक्षामा खेलकुदको ठुलो महत्वहुने भएकाले आगामी दिनहरुमा यस्लाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
अन्तमा खेलकुद बिकास समिति संयोजक महाबिर थारुले सहभागी सबै बिद्यालयहरुले सफलता पाईसकेको जिकिर गर्दै प्रथम या द्वितीय स्थान हासिल गर्नुमात्र सफलता प्राप्त गर्नु नभई सफलता पुर्बक खेलमा सहभागी सबै खेलाडी खेल प्रशिक्षक शिक्षक बिद्यार्थि विभिन्न समितिका पदाधिकारी उप समितिका पदाधिकारी सुरक्षाकर्मी संन्चारकर्मी आम दर्शक रातदिन एक गरेर खेल सफल बनाउने स्वयंसेवक सचिवालयका सम्पुर्ण पदाधिकारी सदस्य कर्मचारी बुद्धिजीवी समाजसेवी राजनैतिक दल स्वास्थ्यकर्मी लगाएत खेल अवधिभर साथ दिएर सफल बनाउने एम्बुलेन्स चालक रेफ्री जिल्ला खेलकुद बिकास समिति विशेषगरी खेल प्रशिक्षकहरुलाई धन्यवाद व्यक्त गर्दै खेलअवधिभर भएका सम्पुर्ण दर्शकहरुलाई धन्यवाद दिदै स्थानीय सरकारले बाजेको ब्यवस्थापन गरेकोमा बिशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा अझै उत्कृष्ट बनाउने प्रतिबद्धता सहित कार्यक्रमको समापन गर्नुभएको थियो।
समापनको बैजनाथ गाउँपालिका शिक्षा शाखा कर्मचारी लाल बहादुर बोहराले कार्यक्रम सन्चालन गरेको खेलकुद बिकास समिति सदस्य एवं प्रवक्ता पुर्ण भण्डारीले जानकारी दिनु भयो।