Sunday, January 12, 2025
spot_imgspot_img
HomeUncategorizedप्रथम पार्बतिपुर खुल्ला फुटबलको उपाधी:आयोजकले उचाल्यो।

प्रथम पार्बतिपुर खुल्ला फुटबलको उपाधी:आयोजकले उचाल्यो।

बाँके जिल्लाको बैजनाथ गाउँपालिका स्तरीय लालपुर खेलमैदानमा गत कार्तिक १२ गतेबाट पार्बतिपुर युवा क्लब बैजनाथ ६ पार्बतिपुरको आयोजनामा संचालन गरिएको प्रथम पार्बतिपुर खुल्ला फुटबल प्रतियोगिता २०७८ क्लबका अध्यक्ष कौशल क्षेत्रीको अध्यक्षतामा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको प्रमुख आतिथ्यमा पुरुस्कार बितरण एवं फाईइनल खेल सप्पन्न भएको थियो।

फाईलन खेल न्यु जर्नी युथ क्लब लालपुर र पार्बतिपुर युवा क्लब पार्बतिपुर बिच भएको फाइनल खेलमा दुबै समूहले एक एक गोल गरे पछि बराबरीमै समय समाप्त भएपछि पेनाल्टी सुट बाट पार्बतिपुर युवा क्लबको अग्रता संगै प्रथम पुरुस्कार नगत रु १ लाख २५ हजार सिल्ड मेडल जित्न सफल भएको छ भने उप बिजेता न्यु जर्नी युथ क्लबले नगत रु ५५ हजार सिल्ड र मेडल हात पारेको छ।

३५ बर्ष माथिका खेलाडीहरुको बिच खेलाईएको खेलमा फाईनल बैजनाथ ६ लालपुर र बैजनाथ ८ टिटिहिरिया बिच भएको खेलमा बैजनाथ ८ ले घोर्ले खरी जित्न सफल भएको छ।

 

उक्त समापन समारोहमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल बैजनाथ ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेत बैजनाथ ८ का अध्यक्ष भग्गन थारु बैजनाथ गाउँपालिका खेलकुद प्रमुख दिल बहादुर विश्वकर्मा वडा सदस्य पुतली हमाल लगाएत युवा खेलाडीहरु लगाएत हजारौं दर्शकहरुको उपस्थिति रहेको थियो भने शुभ दिपावलिको उपलक्ष्यमा आयोजना गरिएको खेलमा कुल १३ क्लबले सहभागीता जनाएका थिए। स्थानीय सरकारका प्रमुख रुचाललाई प्रमुख अतिथी बनाए पनि खेलका लागि कुनै प्रकारको सहयोग स्थानीय सरकार बाट नभएको आयोजकले जानकारी दिएको छ। स्थानीय शान्ती सामुदायिक बनले मुख्य प्रायोजकमा अन्य प्रायोजक साथी सिड्स बैजनाथ ६ एच गाउँ सरस्वती ई.मि स्कुल बैजनाथ ६ सम्झना  सहयोगिदाताहरु बाट सहयोग संकलन गरिएको रकमले खेल ब्यवस्थापन नगत पुरुस्कार राशी मेडल ट्रफिको ब्यवस्थापन गरेर क्लब दर्ता भएको छोटाे समय अबधिमै सफलता पुर्बक ६ दिनसम्म निरन्तर खेल संन्चालन गरेर  पुरुस्कार बितरन समारोह सम्पन्न भएको पार्बतिपुर युवा क्लबका अध्यक्ष कौशलले कार्यक्रममा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुका साथै यसरी नै आगामी बर्षमा पनि यस्तै प्रकारका खेल निरन्तर हरेक बर्ष आयोजना गर्ने प्रतिबद्धता सहित समापन कार्यक्रम  समाप्त गर्नुभएको आयोजकका दल बहादुर सुनारले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments