बैजनाथ १५ असोज
बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा ६ स्थित रहेको गाउँपालिका स्तरीय खेलमैदान लालपुरमा आगामी असोज ३० गते देखि कार्तिक ६ गतेसम्म “क्यान्सर पीडित मोतिलाल परियार बचाउ” अभियान संचालन गर्न “प्रथम बैजनाथ राष्ट्रिय दैनिक खुल्ला फुटबल प्रतियोगिता:२०७८” आयोजना गर्न दैनिक पत्रीकाका कार्यकारी सम्पादक दिपक कुमार राई को संयोजकत्वमा १५ सदस्यीय मुल आयोजना उप समिति गठन गरिएको छ।
उक्त उप समितिमा स संयोजक कृष्ण बि क सदस्य सचीव ध्रुबराज थारु सदस्य सर्मिला मल्ल, लोकेन्द्र बिक्रम शाही,यज्ञ पुन,वीर बहादुर सुनार,दिलाराम पुन,चेत प्रकाश राना,सुबास जि एम,सुरेन्द्र बि क,राजु रुचाल,अगन मल्ल,श्याम ओलि र खगेन्द्र सुनार लगाएको सहभागितामा आयोजना उप समिति गठन गरिएको छ ।
आर्थिक ब्यवस्थापन उप- समिति
संयोजक कृष्ण बि क
सदस्य कुशल दलामी
सदस्य सर्मिला मल्ल
प्रचारप्रसार उप-समिति
संयोजक ध्रुबराज थारु
सदस्य गंगा बोगटी,आकाश कार्की,धिरेन्द्र सिंह ठकुरी र कबिन्द्र परियार सदस्य रहनु भएको छ।
अतिथी सत्कार उप- समिति
संयोजक सर्मिला मल्ल सदस्य पानसरा सुनार,भावना बि क ,भगवती दलामी,पायल सुनार सदस्य रहनुभएको छ।
स्वास्थ्य उप- समिती
वीर बहादुर सुनार
खेलाडी ब्यवस्थापन
तारा प्रशाद सुनार
लगाएको उप समिति निर्माण गरिएको छ भने आवश्यकता अनुसार स्वयंसेवक उप समिति थप्ने र बिगत भन्दा फरक तरिकाले खेल आयोजना गरिने छ भने खेलमा सहयोग गर्न सबैलाई खुल्ला आव्हान गरिएको छ।
फुटबल ब्यवस्थापन गरेर बचेको रकम राप्ती सोनारी गाउँपालिका ९ निवासी बाँके जिल्लाका क्रियाशिल पत्रकार कबिन्द्र परियारका बुवा मोतिलाल परियार क्यान्सर पीडितलाई सहयोग गरिने प्रचारप्रसार संयोजक ध्रुब राज थारुले बताउनुभयो ।