कोहलपुर सोमबार १० जेठ
बाँके जिल्लाको कोहलपुर उद्योग बाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष एवं समाजसेवी प्रदिप भट्टराईको नेतृत्वमा “दिन दुखी बिपन्न एवं असहायहरुको सहयोगार्थ” सोमबार कोरोना खाद्य बैंकको स्थापना गरिएको छ।स्थापना गरिएको बैंक मार्फत कोरोना का कारण कुनैपनी नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने अभिप्रायका साथ कोरोना बैंक स्थापना गरिएको हो।
कोभीड खाद्य बैंक सल्लाहकार समितिमा नेपाली काङ्ग्रेसका नेता फुलाराम थारु कोहलपुर नगरपालिका १० का वडा अध्यक्ष निम बहादुर चलाउने नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी कोहलपुर उद्योग बाणिज्य संघ का अध्यक्ष लक्ष्मणराज पौडेल गरि कुल ४ जनाको सल्लाहकार समिति गठन गरिएको छ।
सोमबार नै स्वस्फूर्त रूपमा आ आफुहरु द्वारा सहयोग संकलन सुरु गरिएको छ।जसमध्ये समाजसेवी मोहन चापागाईंले रु २५ हजार ५ सय ५१ बराबरको खाद्यान्न वडा अध्यक्ष निम बहादुर चलाउनेले नगत रु २५ हजार उद्योग बाणिज्य संघ का केन्द्रिय नेता चक्र बहादुर अधिकारीले रु २२ हजार बराबरको खाद्यान्न गोकर्ण ओलिले नगत रु १५ हजार केशव खनालले नगत रु १० हजार देवानन्द अर्यालले नगत रु ५ हजार ५ सय जगदिस अग्रवालले नगत रु ५ हजार र मातृका सापकोटाले रु ६ हजार ६ सय बराबरको खाद्यान्न सहयोग गर्नुभएको मुल समिति सदस्य दिपक राईले जानकारी दिनुभएको हो।