बुटवल २३ फागुन
रुपन्देहीको बुटवलमा प्रदेश सहकारी संघ लि लुम्बिनी प्रदेशको प्रारम्भिक साधारण सभा बाट बाँके जिल्ला सहकारी संघ लि. का अध्यक्ष प्रेम प्रशाद सुवेदी र उपाध्यक्षमा बाँके जिल्ला कृषि सहकारी संघ लि. का अध्यक्ष एकता शाह निर्वाचित हुनुभएको छ।यो संघ लुम्बिनी प्रदेश सहकारी संघ लि.दर्ता भएको तीनमा प्रारम्भिक साधारण सभा बुटवलमा सम्पन्न भएको थियो ।यसरी संस्थापक अध्यक्ष चुनिएला अध्यक्ष प्रेम प्रशाद सुबेदिलाई जसरी जिल्ला सहकारी संघ लि. बाँके लाई आफू नेतृत्वमा पुगेपछि परिवर्तन गर्न सफल हुनुभएको छ त्यो जोस र जागर प्रदेशमा सोही उर्जाका साथ काम गर्ने विश्वासका साथ पुनः अध्यक्षमा निर्वाचित गरिएको हो भने शाह पनि जिल्ला कृषि सहकारी संघ लिमा दोस्रो कार्यकाल का लागि निर्वाचित हुनुभएको हो र प्रदेश सहकारी संघ लि मा आफ्नो अनुभव का आधारमा काम गर्ने बताउनु भएको छ।