कोहलपुर/दल विभाजनपछि नेकपा एमाले त्यागेर माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश १ का १० सांसदहरूले मंगलबारभित्र आफूहरूले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगलाई दिने तयारी गरेका छन् । उनीहरुले शनिबार विराटनगरको एक होटेलमा छलफल गरी यस्तो सामुहिक निर्णय गरेका हुन् ।
१० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा थिए । उनीहरुले निर्वाचन आयोगमा मंगलबार आफूहरुले समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेको हो ।
समाजवादीका नेता राजेन्द्रकुमार राईले सोमबार बिदा भएकाले मंगलबार निर्वाचन आयोगमा सनाखत गर्ने तयारी थालेको बताए । एकीकृत समाजवादीमा न्यूनतम १४ जना प्रदेश सांसद पु¥याउने उनको दाबी छ ।
निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि नियमावली बनाएर नपठाएकाले सनाखत गर्न ढिलाइ भएको बताए । बैठकमा सहभागी अर्को एक सांसदले भीम आचार्य नेतृत्वको सरकार ढल्ने र गठबन्धनको सरकार एक महिनाभित्र बन्ने निष्कर्ष निकालेको बताए ।
उनले भने, ‘यो सरकार एक महिनाभित्र ढल्छ र अर्को सरकार बनाउने निर्णय भयो ।’ उनले अहिले बनेको सरकार संविधानविपरीत रहेको बताउँदै दल विभाजन भएर अर्को दल बनिसकेको सांसदहरूको अवस्था क्लियर हुनै बाँकी रहेको अवस्थामा अर्को पक्षका सांसदको समेत टाउको गनेर हतारमा बनाएको सरकार आफूहरुलाई मान्य नहुने बताए ।
बैठकमा सबै सांसदहरुले आ(आफ्नो तर्फबाट रिपोर्टिङ गरेका थिए । सबैले नयाँ पार्टीलाई मजबुद बनाएर लैजानुपर्ने बताउँदै दोस्रो पुस्ता भनिएका नेताहरुको आलोचना गरेका थिए ।
मन्त्री पाउने लोभमा गएकाहरु अवसरवादी भएको भन्दै बस्नेतले आफ्नो विचारमा अडिक रहन र कसैको प्रलोभन, धाक, धम्कीमा नपर्न आग्रह गरेका थिए ।
भीम रावललाई फेरी अर्को झट्का : गृह नगरकै मेयरसहितका जनप्रतिनिधीहरु एकिकृत समाजवादीमा
अछाम : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व मन्त्री भीम रावललाई उनमै नगर प्रमुखले समेत साथ छोडेका छन् ।अछाम जिल्ला साफेबगर नगरपालिका नगर प्रमुख कुल बहादुर कुँवर माघव नेपालले नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी( एकिकृत समाजवादी)मा गएका छन् । नगर प्रमुख कुवर आईतवार माघव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको सुदूरपश्चिमका अगुवा कार्यकर्ता भेला सहभागी भएका हुन ।
सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।
एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ
नवगठित नेकपा एकीकृत समाजवादीतर्फ देखिन थालेका छन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित २५ सदस्य छन् । विगतमा सभामुखबाहेक २४ सांसदमध्ये १७ जना नेपाल पक्ष र सातजना ओली पक्षमा थिए । माधव पक्षमा रहेका १७ जना नै रावलनिकट थिए । ति मध्ये अधिकांश रावलको साथ छोडेर नेपाल पक्षमा खुलेका छन् ।