Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियप्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing buttonकाठमाडौं । राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे संसदमा भएका सबै दललाई छलफलका लागि बोलाएका हुन् । संसद्‌मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् ।
बैठकमा त्यसबाहेक संसद्‌को प्रमुख प्रतिपक्षी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २३ भदौमा शुरु भएको संसदको चालु अधिवेशन निरन्तर सदन अवरोध गर्दै आएको छ । नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले संसद्‌का बैठकहरुमा निरन्तर अवरोध पुर्‍याउँदै आएको छ । तर, माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी नै खोलिसकेका छन् ।

सदन अवरोध हुँदा महत्वपूर्ण कामहरु हुन नसकेको भन्दै प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकबाट निकास खोज्ने प्रयास गरेका हुन् । संसद्‌को गतिरोध खुलाउनकै लागि सभामुख अग्नीप्रसाद सापकोटाले पनि भदौमा २८ गते सर्वदलीय बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments