बैजनाथ सम्बादाता :बाँके जिल्लाको बैजनाथ गाउँपालिका ५ स्थित रहेको श्री प्रभात नमूना माध्यमिक विद्यालय अरनिको नगर जि गाउँ मा बिहिवार दिउँसो एक कार्यक्रम बिच संविधान सभा सदस्य एवं पुर्ब सिंचाइ राज्यमन्त्री प्रभात नमुना माध्यमिक का अध्यक्ष बाँकेका लोकप्रिय नेता दल बहादुर सुनारले आफ्नो ६१ औं जन्मदिन कक्षा ११ मा अध्ययनका लागी आएका नयाँ बिद्यार्थिहरुको साथमा मनाएका छन् ।जो अरनिको बोर्डिङ स्कुल जि गाउँ,भेरी फ्युचर ई.मि स्कुल बनकटवा, हिमालय बिद्या निकेतन जि गाउँ र मेरिमाउन्ट एकेडेमी चाँदनी त्यसैगरी भगवती मा बि हसनापुर नेरामाबी ओरि लालपुर दाङ सुर्खेत लगाएतका ठाँउ बाट अध्ययनका लागी बिद्यार्थिहरु भर्ना भएका छन् ।उक्त कार्यक्रममा सुनारले प्रभात मा बि मा निशुल्क बिज्ञान संकाय संचालन गरिने घोषणा गरेका हुन् । आफुले पहिलोपटक जन्मदिन मनाएको त्यो पनि प्रभातको बिज्ञान संकायमा अध्ययन गर्न आएका नयाँ भाईबहिनिहरुसंग मनाएको बताए।६१ औं जन्मदिनको अवसरमा शुभकामना दिन फोन म्यासेज र प्रत्येक्ष पुगेका स्थानीय नेता कार्यकर्ता जनप्रतिनिधि बिद्यालयहरुका प्रधानाध्यापक शिक्षक अभिभावक स्थानीय नागरिकहरुको बिचमा केक काटेर सुनारले आफ्नो ६१ औं बर्ष पुरा गरेर ६२ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रदान गर्न बैजनाथ ५ का अध्यक्ष मन बहादुर खत्री गाउँ कार्यपालिका सदस्य सामाजिक बिकास समिती संयोजक गुमान बहादुर दमाई नेकपा नेता युगान्त शाह राष्ट्रिय युवा संघ नेपाल का केन्द्रिय सदस्य दिपक जि एम बैजनाथ उद्योग ब्यापार संघ का अध्यक्ष जनार्दन शर्मा सचीव कुमार गिरि सदस्य मधु रिजाल नेकपा बैजनाथ ५ का अध्यक्ष कुबेर रिजाल अरनिको बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु शिक्षक बिद्यार्थि अभिभावकहरुले शुभकामना व्यक्त गरेको जानकारी प्रभात नमूना बिद्यालयका प्रधानध्यापक नगेन्द्र सुबेदिले जानकारी दिए। यस शुभ अवसरमा नयाँ बिज्ञान संकायका लागी नयाँ शिक्षक रगुनाथ चौधरी र रंजिता रायमाझी लाई नियुक्ति प्रदान गरे लगतै शिक्षामा गुणस्तर कायम गर्न प्रतिबद्धता जाहेर गर्दै यदि शिक्षकले आफ्नो विषयमा उत्कृष्ट हुने शिक्षक लाई प्रोत्साहन र पुरुस्कृत गरिने छ भने बिद्यार्थि फेल भएको खण्डमा विषय शिक्षकलाई नसिहत कार्बाही गरिने समेत बताएका छन् । नयाँ शिक्षक आए लगतै प्रभातमा आएका नयाँ बिद्यार्थिहरुमा नयाँ आशा पलाएको छ। अब प्रतिबद्धता जाहेर गरे अनुसार सबैले आ आफ्नो स्थान बाट सक्रिय भएर काम गरे प्रभात लाई बाँकेको उत्कृष्ट बिद्यालय हुन बाट कसैले रोक्न सक्ने छैन ।