बैजनाथ समाचारदाता
बिहिवार २ पुस
बाँकेको बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बिहिवार बैजनाथ गाउँपालिकाको प्रशासनिक भवनको अनुगमन गर्नुभएको छ। स्थानीय सरकार निर्वाचित भएको करिब ३ बर्ष पछि बैजनाथ गाउँपालिका ५ रामपुर स्थित उक्त भवन निर्माणधिन भवनको अनुगमनको क्रममा निर्माण कम्पनी लाई यसरी नै गुणस्तरीय काम गर्न निर्देशन गर्नुभयो ।
उक्त प्रशासनिक भवनको आर्थिक रकम जिल्ला समन्वय समिति बाँकेले ६० प्रतिशत र बैजनाथ गाउँपालिकाले ४० प्रतिशत ब्यहोर्ने गरि कुल ४ करोड ९७ लाख १९ हजार ७ सय ८ रुपैयाँमा एम.के.विल्डर्स एन्ड कन्ट्रक्सन कम्पनी प्रा.लि. धनगढी २ कैलालीलाई काम गर्ने जिम्मेवारी प्राप्त भएको हो भने २०७७ साउन ३१ गते सम्झौता गरेको कम्पनीले २०७८ असारमसान्तमा भवन निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐरिले बताउनुभयो ।
निर्वाचित हुँदा केहि थिएन सम्पुर्ण प्रशासनिक कार्य गर्न अलिक गाह्राे नभएको हैन तर बिस्तारै वडा कार्यलयहरुको ब्यवस्थापन देखी नागरिकको स्वास्थका लागी सबै वडाहरुमा स्वास्थ्य केन्द्र स्थापना भौतिक पुर्बाधार लगाएत सबैखाले योजनाहरुको कार्य सम्पन्न हुँदै छन् ।अब निर्बाचित भएको करिब ३ बर्ष पछि प्रशासनिक भवन निर्माण हुँदै छ आशा छ यहि कार्यकालमा सम्पुर्ण पालिका देखि प्रवाह गरिने सेवाहरु आफ्नै भवन बाट सेवा प्रदान गर्ने अध्यक्ष रुचालले बताउनुभयो ।