Thursday, November 21, 2024
spot_imgspot_img
Homeस‌स्कृतिकलाप्रिय दशै...

प्रिय दशै…

प्रिय दशै
हर्ष,उल्लास ,उमंग
बोकेर,
बर्ष भरिकै,
औधी खुसी बोकेर,
घर घर आगनमा,
खुसी को बान,
बजाउदै आयौ
तिमी!

आजको दिन,
खाडिमा,
पसिना बगाउदै,
सुख खोजिरहेका,
मेरा दाइ आउने दिन,
भारत को गल्ली गल्लिमा
चोक चोक मा,
निलो डाम बस्ने गरि,
भारी बोकिरहेका ,
बुढा बा आउने दिन,

आजैकै दिन,
माथिल्लो गांउको
रामे दाईले सिलाईदिएको,
पुरानो मैलो थोत्रो,
कपडा परिवर्तन हुने दिनं
आजकै दिन,
बर्षौ देखि,
कमलरी बसेकी,
मेरो कान्छी बहिनी,
आउने दिन,
आजकै दिन,
बर्ष भरिको,
एक पटक
औधी खुसी हुन! दिन,

त्यही संगै,
पीडा ब्यथा र अभावलाई
यथावत राखदै,
एक दिन भएपनी,
मीठो खाना,
खाएको दिन,
नाना लाएको दिन,

लाग्दछ,
सोचेको,देखेका ,
सबै सबै,।
यो दशै ले पूरा गर्ला,
अनि,
सबैलाई प्रफुल्ल,
पार्दै हर्षित बनाउला,

प्रिय दशै,
तिमी हुनेखानेको,,
लागि मात्र हौ,
हुदा खानेको लागि,
त?
तिमी कहिले आउला र?
तिमी संग,
मलाई औधी,
रुन मन छ,
गुनासो पोख्न मन छ,
बस,
हुने खानेको लागि त,
सधै सधै,
दशै र तिहार,
तर,
हुदा खानेको लागि ???
प्रिय दशै,
तिमि सबैको लागि आइदेउ??
-डम्बर विस्वकर्मा
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज बाँके

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments