जाजरकोट ः प्रेस सेन्टर जाजरकोटको चौँथो जिल्ला अधिवेशन नलगाड नगरपालिकाको दल्लीमा हुने भएको छ । संघीय संरचनामा देश गइसकेपनि सबै खालका सम्मेलन , अधिवेशन सदरमुकाममा नै केन्द्रीत भइरहेको बेला सेन्टरले सदरमुकाम बाहिर गर्न लागेको हो । ४१७ मेगावाट जलविद्युत आयोजना निर्माण स्थल मात्र नभइ भेरी करिडोरको एक महत्वपूर्ण हिस्साको रुपमा रहेको नलगाडमा सेन्टरको चौँथो अधिवेशन कात्तिक १४ गते हुने अधिवेशनका संयोजक हेमन्त केसीले बताए । अधिवेशनको पूर्व गृहमन्त्री तथा नेकपा ( माओवादी केन्द्र) का कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत , जाजरकोट क का प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह , नेता रामदिप आचार्य , नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल , प्रेस सेन्टरका कर्णाली प्रदेश इन्चार्ज धुर्वविक्रम बुढाथोकी , पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा , प्रदेश संयोजक प्रतिक इच्छुक शर्मा र छिमेकी जिल्ला जिल्लाका अध्यक्षहरु लगाएतका नेताहरु सहभागी हुने संयोजक केसीले बताए । प्रत्येक पालिकाबाट पाँच जनाका दरले पत्रकारहरु अधिवेशनमा सहभागी हुनेछन् ।