फाप्ला मैदानलाई खेलग्रामका रूपमा विकास गरिन्छ : मन्त्री अथक
फागुन १३, धनगढी
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला क्रिकेट रंगशाला नेपालकै ठुलाे ‘ड्रिम प्राेजेक्ट’ रहेकाे बताउनुभएकाे छ । शुक्रबार कैलालीको धनगढी पुग्नुभएका मन्त्री अथकले सरकारले फाप्ला क्रिकेट मैदानलाई ड्रिम प्राेजेक्टका रूपमा प्राथमिकतामा राखेकाे बताउनुभएकाे हाे ।
धनगढी उपमहानगरपालिका वडा नं. ३ फाप्लामा रहेकाे मैदानकाे स्थलगत निरिक्षण गर्दै मन्त्री अथकले राष्ट्रिय गाैरवकाे याेजनाका रूपमा उक्त मैदान निर्माण प्रक्रिया सुरू गरीएकाे जानकारी दिनुभयाे । हालै मात्र मैदान निर्माणकालागि मन्त्रिपरिषदकाे बैठकबाट स्वीकृति प्राप्त भएकाे बताउँदै मन्त्री अथकले १५ अरव लागत अनुमान गरिएकाे समेत जानकारी दिनुभयाे ।
भाैगाेलिक उपलब्ध प्रयाप्त भएकाे फाप्ला मैदानलाई खेलग्रामका रूपमा समेत विकास गरिने बताउँदै मन्त्री अथकले भन्नुभयाे, “जमिनकाे उपलब्धताले याे नै नेपालकै सबैभन्दा ठुलाे मैदान हाे, यसलाई खेलग्रामका रूपमा विकास गर्ने सरकारकाे याेजना रहेकाे छ ।” क्रिकेटका अलावा फाप्लामा खेलका अन्य पुर्वाधारहरू समेत निर्माण हुने उहाँले प्रष्ट पार्नुभएकाे छ ।
बहुवर्षिय याेजनाकाे माेडालिडिमा निर्माण गर्ने भनिएकाे फाप्ला मैदानमा केन्द्र सरकारका अलावा प्रदेश र स्थानिय सरकारका साथै निजि क्षेत्रकाे समेत लगानि समेटिने बताउँदै मन्त्री अथकले समयमै (३ वर्षभित्रै) मैदान निर्माण सम्पन्न गर्न स्थानियस्तरबाट निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयाे ।
एक फरक प्रशंगमा बाेल्दै मन्त्री अथकले खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभयाे । “राज्यले विशेषगरी सिंहदरबारले खेलकुदलाई उनुत्पादक क्षेत्रका रूपमा हेर्ने गरेकाे छ” खेलप्रति राज्यकाे दृष्टिकोण प्रति असन्तुष्टि ब्यक्त गर्दै मन्त्री अथकले भन्नुभयाे, “यसप्रकारकाे दृष्टिकोणलाई बदल्नु नै अहिलेकाे प्रमुख चुनाैति बनेकाे छ । अब खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्छ ।”
शुक्रबार नै मन्त्री अथकसहितकाे टिमले धनगढी रंगशालाकाे निर्माणाधीन प्याराफिट, कवर्डहल तथा विभिन्न खेल संरचनाहरूकाे समेत अनुगमन तथा निरिक्षण गर्नुभएकाे थियाे । अनुगमनमा युवा तथा खेलकुद मन्तालयका सचिव डा. दामाेदर रेग्मी, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुर बहादुर चन्द, खेलकुद विकास समितिका पदाधिकारी लगाएतकाे सहभागीता रहेकाे थियाे ।