हेमन्त केसी
वुधबार विहानै काठमाडौँबाट नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्ड , प्रभावशाली नेता शक्ति बस्नेत , अर्थमन्त्री जर्नादन शर्मा ,पूर्वमन्त्री सत्य पहाडी उपल्लो डोल्पा पुगे । काठमाडौँबाट डोल्पाका लागि उडेको हेलिकोप्टर सदरमुकाम दुनैमा पाँच मिनेट मात्र अवतरण गरेर उपल्लो डोल्पाको सबै भन्दा अग्लो ठाउँमा रहेको मानव बस्ती धो मा उड्यो । एकाएक प्रचण्ड , त्यो पनि विश्वास पात्रहरु बोकेर उपल्लो डोल्पा पुग्नुलाइ अर्थपुर्ण रुपमा हेरिएको थियो । जव कि डोल्पा माओवादी केन्द्रका संयोजक मालबहादुर रोकायलाइ समेत प्रचण्ड किन डोल्पा पुगे भन्ने सम्माको कुरा जानकारी नै थिएन । उपल्लो डोल्पा साचिक्कै फरक भुगोल र युगमा रहेको कुरामा दुइमत छैन । सेतेम्या हिमाल , जडीवुटीको भण्डार र एकै खालको रहनसहन भएको उपल्लो डोल्पा आधा समय हिमपातले गर्दा सास्ती भोग्ने ठाउँ मध्यमा पर्दछ । डोल्पाकै नाम बिक्री गरेर धेरैले आफ्ना हैसियात बनाए तर उपल्लो डोल्पाको हैसियात निर्माण नगरेको चिन्ता यहाँका सर्बसाधारणले बताउदै आएका थिए । देशका अन्य भुगोल जतीकै यो ठाउँलाइ बजेट दिदा उपल्लो डोल्पामा हात्तीको मुखमा जिरा हुँदै आएको छ । यि सबै गुनासा ,पीडाले भरिभराउ भएका उपल्लो डोल्पाका सर्बसाधारणले भेरीकरिडोर निर्माणको थालनी गर्ने माओवादीका अध्यक्ष प्रचण्ड , शक्ति बस्नेत र जर्नादन शर्मालाइ उपल्लो डोल्पामा बोलाए । हिजो माओवादी आन्दोलनलाइ भारी मात्रामा सहयोग गर्ने उपल्लो डोल्पाले माओबादीका कमाण्डरलाइ बोलाएर विकास निर्माण र आफ्नो ठाउँको मुहार फेर्न माग गरि वुधबार देखि नै माओवादी भएको घोषणा गरे । यो घोषणाका पछाडी भारी मात्रामा आशा , विश्वास र भरोसा रहेको छ । उपल्लो डोल्पाली आफैंमा पनि सिमा क्षेत्र बचाउ आन्दोलन भित्रको विना हतियार र बदीका सिपाइ हुन् । स्थानीयले गरेको कार्यक्रममा समेत प्रचण्डले यो कुरा सम्वोधनमा बताइसकेका छन् । चिन र नेपालको नाँका खोल्ने देखि उपल्लो डोल्पालाइ स्वंयत क्षेत्र घोषणा सम्मका माग डोल्पालीले राखेका छन् । किनकी यि माग आफैंमा गम्भिर खालमा छन् । संसारमा यस्ता ठाउँ विरलै भटिन्छन् , जहाँ भाषा, संस्कृती र रहनसहन अनि भुगोल एकै भएको होस । जनयुद्धमा यार्सागुम्वाको आम्दानीले हतियार , खाद्यान्न किनेर माओवादी आन्दोलन बचाएको उपल्लो डोल्पालाइ अब माओवादीले न्याय गर्नुपर्ने अर्को आबाज उठ्दै आएको छ । प्रचण्डले स्थानीयका कुरा सुन्दै सबै माग जाहेज भएको र त्यसमा आफ्नो पुरै ध्यान जाने बताएका छन् । चिनमा सरकार प्रमुख आफ्ना मित जस्तै सम्वन्ध भएकाले उपल्लो डोल्पाको समस्या समाधानका लागि पहल उच्च तहमा गरिने समेत उनले बताएका छन् । त्रिदेशीय महत्व र सम्वन्धको नक्षत्रको रुपमा रहेको भेरी करिडोर भारतको उत्तर प्रदेशको रोपैडिया देखि उत्तर क्षेत्र अर्थात चिनको तिब्बत सम्मा जोड्ने सडक समेत माओवादीले निर्माणको मुख्य एजेण्डा गराउदै आएको छ । त्यसलाइ नै थप मजबुत बनाउदै डोल्पाको मात्र नभइ सिंगो कर्णालीको समेत विकासमा हातेमालो गर्ने उद्घोष गरिएको छ । कर्णाली माओवादीको आफैंमा उद्गम स्थल हो । संसारका औलामा गणिने शासकले कर्णालीलाइ चिन्छन् किनकी यहाँ संसार हल्लाउने जनयुद्धको विजारोपन तिनै प्रचण्डको नेतृत्वमा गरिएको थियो । सबै भन्दा बढी सहित समेत कर्णालीमै भएका छन् ।
जिल्ला समन्वय समिति डोल्पामा प्रमुख शेरबहदुर बुढाले उत्ताउलो तरिकाले उपल्लो डोल्पाका जनप्रतिनिधिलाइ भेडा र बाख्राको संज्ञा दिंदै जंगलमा घास खान गएको भनि हेपाह प्रवृती प्रस्तुत गरि सामाजिक सञ्जालमा पोखिए । आफ्नै आमाले जन्माएको सोहदरलाइ त आफ्नो कव्जामा लिन सकिदैन भने उपल्लो डोल्पा बुढाको मुठीमा कसरी पथ्यो । हिजो खम्वा विद्रोह पनि उपल्लो डोल्पाबाट भएकै हो । बजेटको मात्रा हेर्दा उपल्लो डोल्पामा न्यून मात्रामा छुट्याएर विकास भन्दा पनि बाँडेर खाने थलोको रुपमा विकास भएको कुरालाइ चिरेर अब संमृद्ध उपल्लो डोल्पा बनाउने अभियान बनाउने माओवादी नेता शक्ति बस्नेत र जर्नादन शर्माले एकै स्वारमा बताएका छन् । धो मा निर्माण हुने सुक्खा बन्दहगाह अबलोकन गर्न माओवादी नेतृत्व डोल्पा पुगेको थियो । अर्थमन्त्री शर्माको साथमा अबलोकनमा पुगेको टोलीले डोल्पाको विकासमा भारी योगदान दिने समेत बताएको छ ।
किन रुन्छन् कर्णालीका मुटु नभएका नेता
देशको लागि योगदान योगदान गर्नेहरुको मुटु बलियो हुनुपर्छ । जसले जेल , नेल र संर्घष चिनेको हुन्छ , उ भारी मात्रामा अरु भन्दा बढी परिपक्वता देखाउनु पर्छ । पदका लागि रुने , कराउने र सामाजिक रुपमा पोखिनु हुदैन । यसरी पोखिनु माओवादी पहिचान पनि होइन । लगानी , त्याग विना माओवादी आन्दोलन अगाडी बढेको हो । सहित परिबारले मात्र माओवादी आन्दोलन हाँकेको भने होइन । यहाँ सबै खालका व्यक्तिको लगानीबाट माओवादी आन्दोलन मात्र होइन , पार्टी निर्माण भएको हो । माओवादी आन्दोलन एउटा भारी ठुलो नदी हो , जहाँ सयौँ साना खोलाहरु मिसिएका छन् , कोही बीचबाटोमै हराएका छन् । कोही विचमा आएर आकार बढाएका छन् । आकार बढाउनुको अर्थ व्याज , स्याज र प्याज नै सबै थोक हो भन्न थालियो भने माओवादी आन्दोलन सही रुपमा जाँदैन । मन्त्री पाउनकै लागि रुने , तथानाम गाली गर्ने र सामाजिक रुपमा पोखिने तरिकाले राजनीतिक हैसियात देखिने गर्दछ । हरेक ठाउँमा पक्ष हुन्छ नै तर पक्षको नाममा अरुलाइ नाँगो रुपमा गाली गर्नु बर्गाीयता हुँन सक्दैन । अहिले कर्णालीमा मन्त्रीपरिषद विस्तार हुँदै गर्दा धेरै रुने र कराउने गरेका देखिन्छ । मन्त्री बनाउने , न्याय गर्ने कुरा दलको कोर्षमा छ । कसैले जनमत सिर्जना गर्न केही सहायता गर्दैमा सामाजिक सञ्जालमा पोखिने काम काचो बुद्धी हो भन्ने लाग्छ । बरु माओवादी आन्दोलन राम्रो बनाउ र आफ्न गाउँ टोलहरु जित्ने अवस्था सिर्जना गरौँ । आवश्यकताको आधारमा मन्त्री बन्छन् र बनाउनु पर्छ । रुने र कराउने हविगबाट मन्त्री निर्माण हुँदा काम समेत रुने नै होलान भन्न त्यति कठिन छैन ।