वसन्त बागचन
कर्णाली प्रदेशको मुगु जिल्ला बालै गाउँबासि बगरको साहारामा जिन्दगी चलाउदै मुगुका बालैबासी ।
आफ्नो गाउँ नजिक परापुर्ब काल देखी बगिरहेको बालै बगर अहिले मुगुको बालै गाउँबासिका लागी जीवन गुजाराको साहारा बनेको छ।बालै गाउका ७० घरधुरिले खोलाको बालुवा बेचेर प्रतिघधुरी ८० हजार देखि एक लाख पचास हजार सम्म बार्सिक आम्दानी हुने गरेको स्थानीय तिर्थ बहादुर भामले बताउनु भयो।उहाँका अनुसार पहिला पहिला यो खोलाको बालुवा खोलामा नै बगेर जाने गर्थ्यो तर पछिल्लो समय बालै गमगढी सडक खण्ड जोडिए पछी यहाँको सबै बालुवा सदरमुकाम गमगढी बजारमा बिक्री हुने भयकोले यहाँका स्थानीयको जिबन निर्बाहको माध्यम बनेको छ। तर बर्सेनि यसरी बालुवा उत्खनन गर्दै जाने हो भने बालुवा जीवन निर्बाहको साहारा नभै मानव बस्तिका लागी ठूलो संकट पनि हुन सक्ने जानकार हरु बताउछन् ।त्यसैले बालुवा उत्खनन संगै बगरको संरक्षणमा पनि जोड दिन जरुरी छ।