Sunday, November 24, 2024
spot_imgspot_img
Homeयुनिक गतिबिधिबजार भन्दा सस्तो सामान बिक्री गर्दै ई गाउँको सहकारी पसल

बजार भन्दा सस्तो सामान बिक्री गर्दै ई गाउँको सहकारी पसल

बैजनाथ समाचारदाता
खजुरा आईतबार ३० कात्तिक

बाँके को खजुरा गाउँपालिका ४ ई गाउँ स्थित मिलिजुली स्वाबलम्बन कृषक बहुउद्देश्यीय सहकारीको सहकारी किराना पसलमा बजारमुल्य भन्दा कम मुल्यमा दैनिक उपभोग्य सामान सस्तो पाएपछी स्थानीयहरुको रोजाईमा परेको छ।
पहिले पहिले खजुरा नेपालगन्ज दैनिक उपभोग गर्ने खाद्यान्न लिन जाने गरिन्थो तर अहिले गाउँ मै सहकारी पसलमा सस्तो सामान दाल,चिनी,नुन,बेसार,चामल,पिठो,मैदा आदि सामानहरु बजार मुल्य भन्दा कममा बिक्री गरेर सहकारीका शेयर सदस्य मात्र नभएर अन्य स्थानीय पनि लाभान्वित भएको सहकारीका संस्थापक अध्यक्ष एवं सल्लाहकार बिधुर प्रशाद लामिछानेले बताउनुहुन्छ।
सहकारी पसल स्थापना गरेर स्थानीयहरुलाई कोरोना कहरमा धेरै टाढा टाढा भिडभाडमा जान बाट रोक्न हो भने अर्कोतिर धेरै टाढा नेपालगन्ज खजुरा कोहलपुर जाने समय र पैसाको बचत हुन्छ भने त्यहाँभन्दापनि सस्तो सुफथ र गुणस्तरीय सामान स्थानीय सहकारी पसल बाट बितरण गर्दा सेवा मुलक ब्यवसाय शुरुवात भएको छ अर्कोतर्फ सहकारी पसल बाट आएको मुनाफा सबै सदस्यहरुलाई नै फाईदा हुने भएकोले पनि सहकारी पसल बाट खाद्यान्न सामाग्री खरिद गर्न समेत सहकारीका सदस्यहरुलाई अध्यक्ष खडक बहादुर ओलिले बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments