Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियबजेटमा साझा कार्यक्रम आयो: माधव नेपाल

बजेटमा साझा कार्यक्रम आयो: माधव नेपाल

काठमाडाैं । सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई सत्तापक्षले सबै विषय र क्षेत्र समेटेर आएको दाबी गरेको छ भने प्रमुख प्रतिपक्षीले भने पुरानै कार्यक्रमको निरन्तरता मात्रै भएको प्रतिक्रिया दिएको छ ।

गठबन्धन सरकारको ल्याएको यो नीति तथा कार्यक्रम न्युनतम साझा कार्यक्रम समेटेर आएको दाबी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् । उनले संसदको मंगवारको बैठक सकेर निस्कने क्रममा नेपालले भने, ‘नीति तथा कार्यक्रमले धेरै विषय समेटेको छ । कृषि, ऊर्जा, पूर्वाधार विकास, पर्यटन, सीप विकास, उत्पादनशील जनशक्ति युवाहरूलाई स्वरोजगार बनाउने विषयमा केन्द्रित भएर आएको छ ।’

स्थानीय चुनावपछि आएको नीति तथा कार्यक्रम आगामी ५ वर्षलाई ध्यानमा राखेर जानुपर्ने भएकाले गठबन्धन दलको धारणालाई सम्बोधन गर्ने प्रयास गरेको नेपालको भनाइ छ । उनले महिला, सिमान्तकृत समुदायदेखि सबै वर्गलाई समेटेको र गठबन्धनको सरकारको न्यूनतम साझा कार्यक्रमअनुसार नै आगामी आवको नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments