बाँके:बैजनाथ गाउँपालिका ५ मा रहेको बनकटुवा दुग्ध उत्पादक सहकारी संस्था लि. मा बिहिवार कृषि तथा पशुपंक्षी बिकाश मन्त्री डा.बेदुराम भुसालले अनुगमन गर्नुभएको छ।
उक्त अनुगमन कार्यक्रममा बैजनाथ गाउँपालिका ५ का वडा अध्यक्ष देब बहादुर रावत नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य अब्दुल हुसैन खान जिल्ला अध्यक्ष ईन्द्र बहादुर थापा सचीव दिपक जि एम लगाएत सहकारीका कर्मचारी शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।
वडा अध्यक्ष रावतले सिक्टा सिंचाई आयोजनाको सिंचाई नहर जग्गा भन्दा २० मिटर गहिरो भएकोले किसानले खेतमा सिंचाई गर्न नसक्नु बिडम्बना र पिडा भोग्नुपरेकोले किसानका समस्या समाधान गर्न कृषि मन्त्री भुसाललाई ध्यानाकर्षण गराउनुभएको हो।
मन्त्री भुसालले बैजनाथ बाट शान्त कुमार विश्वकर्मा सहितको टिमले दुग्ध र चाराको लागी पहलकदमी गरेकोले दुग्ध बिकाश गर्न १० लाख र चारामा ३० लाख ३८ हजार बजेट कृषि मन्त्रालयले ब्यवस्थापन गरेको बताउनुभयो ।
सिक्टा सिंचाईको पानी लिफ्ट गरेर किसानहरुको खेतमा सिंचाइ गर्न स्थानीय तहले योजना निर्माण गरेर मन्त्रालयमा सिफारिस गर्न अनुरोध गर्दै स्थानीय तह बाट समाधान नभएको समस्या समाधान संघीय सरकारले त्यसको समाधान गर्ने प्रतिबद्धता सहित बनकटुवा दुग्ध उत्पादक सहकारी संस्थाले आगामी दिनहरुमा दुग्ध जन्य पदार्थ बनाएर चिनले माग गरेको राँगाको सुकुटिसँगै दुग्ध जन्य पदार्थ निर्यात गर्ने कृषि मन्त्रालयको योजना रहेको जानकारी दिंदै आफु सधैं किसानहरुको उत्पादनको पक्षमा भएको प्रतिबद्धता जाहेर गर्नुभएको प्रबन्धक दिपक कार्कीले जानकारी दिनुभयो ।