शनिबार, असोज १०, २०७७
नेपालगन्ज : कोरोना संक्रमित बबई क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको मृत्यु भएकोछ ।
लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका अग्रवाललाई कोरोना पुष्टि भएपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो । क्यान्सर र कोरोनाको विरामि रहेका क्याम्पसका प्रमुख अग्रवालको अस्पताल पुग्नै लाग्दा मृत्यु भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताएका छन् । कोरोना संक्रमित क्याम्पस प्रमुख अग्रवालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका शनिबार दिउँसो भेरी अस्पताल पुग्नै लाग्दा अस्पतालको गेटमै ज्यान गएको हो ।क्याम्पस प्रमुख अग्रवालले साढे दुई वर्ष देखि फोक्सोको क्यान्सरको उपचार गराइरहेका थिए