Thursday, November 21, 2024
spot_imgspot_img
Homeस्थानीयबर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाँके : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । आइतबार राजापुर नगरपालिका–१० की २५ वर्षीया ममता सुनारको बाघको आक्रमणबाट ज्यान गएको हो । घरनजिकै जंगलमा आइतबार दिउँसो घाँस काट्न जाँदा बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

प्रहरीका अनुसार राजापुर नगरपालिका–१० सुकुम्बासी टोलनजिकै नेपाल भारत सीमानजिक वनमा बाघले सुनारलाई आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते सुनारको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको बर्दिया प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) तुलसीराम अर्यालले जानकारी दिए ।

उनीसँगै घाँस, दाउरा गर्न गएका अन्य २ महिला बाघको आक्रमणबाट तर्सिंदा बेहोस भएका थिए । उनीहरू उपचारपश्चात घर फर्किसकेको डिएसपी अर्यालले जानकारी दिए । केही दिनअघि समेत मधुवन नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो ।

पछिल्लो समय भारतको कतरनिया वन्यजन्तु आरक्ष र नेपालको बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्गमा पर्ने राजापुर र मधुवन नगरपालिकाको राष्ट्रिय वन, सामुदायिक वन र निकुञ्ज आसपासमा बाघको आक्रमण बढिरहेको छ ।मिसनटुडे बाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments