Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजकृषिबसोबास सहकारी को बदमासी !

बसोबास सहकारी को बदमासी !

बैजनाथ समाचारदाता
शनिबार ३ पौष,बाँके जिल्ला को कोहलपुर नगरपालिका १० निवासी धना कार्कीले बसोबास महिला बचत तथा रिन सहकारी संस्था लि.द्वारा रिन लिएको लामो समय सम्म सदस्यलाई गुमराह बनाउदै ठगि गरेको मुक्ती सिंह कार्कीले बताए ।

कुल लगानी रु २ लाख निज कार्किलाई सहकारीले लगानी गरेको साथै संस्थाले शेयरबापत रु ९ हजार घर जग्गा कार्य शुल्क रु २ सय अनुगमन रु २ हजार बिमा शुल्क रु २ हजार ४ सय कटौति गरेको छ।
जब सदस्य धना कार्कीको मृत्यु हुनुपुर्ब ४ किस्ता तिरेको संस्थाले स्वीकार गरेको छ।अब उमेर हद ७३ बर्ष पुगेकाले बिमा कम्पनीले बिमा गर्नदा सहकारीले पनि ४ किस्ता बुझ्दा सम्म चुपचाप असुल्दै गयो । न सदस्य लाई बिमा नहुने जानकारी दियो न त बिमा रकम नै फिर्ता गर्यो जब सदस्यको मृत्यु पश्चात सदस्य का छोरा मुक्ति ले बिमा रकम दाबी गरेपछि मात्र सहकारीको बदमासी बाहिरिएको हो।
बाँके जिल्लाले आफैमा सहकारीको लामो ईतिहास नबोकेको हैन! सहकारी अभियन्ता स्थानीय स्तर देखि केन्द्रिय सहकारी सम्म नेतृत्व लिएको छ भने लुम्बिनी प्रदेश कृषि भुमि तथा सहकारी मन्त्री समेत पाएको बाँके आफै यस्तै यस्तै खराब नियतिका कारण बेला बेलामा चर्चामा आउने गरेको छ। के जहाँ सहकारीका बडेमान हाकिम देखी नेता सम्म छन् त्यही सहकारीले यस्ता आफ्नै सदस्यलाई गुमराह बनाउने काम गरिएको उदाहरण बन्न पुगेको छ बसोबास महिला बचत रिण सहकारी संस्था लि.कोहलपुर ३ को घटना बाहिरिएको हो। उक्त सहकारीका ब्यवस्थापक लाई फोन मार्फत यस घटना बारे सोधपुछ गर्दा उनि भन्छन् : उमेर हद का कारण धना कार्कीको बिमा भएन तर सहकारीले काज खर्च बापत रु ३० हजार प्रदान गर्ने र बाँकी ब्याज मिनाहा गर्ने वा पुर्ण सबै लगानी मिनाहा गर्ने बारे छलफल गर्दै छौँ ।उता पीडित धना कार्किका छोरा मुक्ती सिंह कार्की गुनासो गर्दै भन्छन् :बिमा किन भएन यदि बिमा नै नहुने भए ४ किस्ता असुली गर्दा सम्म चुपचाप बुझ्दै जाँने अहिले जब शेयर सदस्य को मृत्यु पश्चात बिमा भएन भनेर आल टाल गर्ने कहिले निर्णय गर्छौं कहिले ब्याज मिनाहा गर्छौं भनेर विभिन्न बहाना बनाएको छ ।
यो त मेरो आमाको मृत्युको कारण घटना बाहिर आयो खोज्दै जाने हो भने यो सहकारीले अझै धेरै बदमासी गरेको हुन सक्ने खुलासा गरेका छन् ।
के बाँकेमा मात्र सहकारीले यस्तो लापरबाही गरेका छन् त ? खोई अनुगमन नियमन ? के हेर्दै छ सम्बन्धित निकाय ? के धना कार्कीले न्याय पाउँछिन् त ? अब यि सबै हेर्न बाँकी नै छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments