Friday, November 22, 2024
spot_imgspot_img
Homeराष्ट्रियबाँकेका एसपी र डिएसपीलाई कारवाही खोइ

बाँकेका एसपी र डिएसपीलाई कारवाही खोइ

दिपक राई
आईतवार १३ भदौ

नेपालगन्ज ः बाँकेका बदनाम एसपी श्यामकृष्ण अधिकारी र एसपीका सर्पोटर डिएसपी मधुसुदन न्योपानेमाथि त्तकाल कडा कारावहीको माग गरिएको छ ।
बाँकेका अधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार, नागरिक समाजदेखि पुलिसलाई नै धम्काउदै त्रर्साउदै कामुख बनाउँदै क्यासिनो र होटल तथा ठेकेदार र क्रसरवालाबाट मोटो रकम असुलीमा सक्रिय रहेका एसपी अधिकारीलाई कारवाहीको माग यतिबेला जनस्तरबाटै उठेको छ ।
जानकी गाउँपालिकामा भएको नन्नकुनी हत्या प्रकरणमा समेत रकम लिएर चलखेल गरी किटानी जहहेरीको उजुरी दर्ता समेत नगर्ने एसपी अधिकारीको सरूवा सहित र डिएसपी न्यौपानेलार्ई छानबीन गरी कारवाहीको माग गरिएको छ ।
महिला अधिकार मन्चको संयोजनमा बाँके सिडिओ अफिसमा ज्ञापनपत्र बुझाउँदै प्रशासन अघि एसपी अधिकारी र डिएसपी न्यौपानेमाथि कडा कारवाहीको माग सहित महिलाहरूले धर्ना दिएका छन ।
‘हातहातमा एसपी अधिकारी र डिएसपी न्यौपाने माथि कारवाही होस, पीडितलाई न्याय प्राप्त होस’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित दुई दर्जनबढी महिला अधिकारकर्मीहरू धर्नामा बसेको अधिकारकर्मी रूवी खान बताउँछिन ।
यो आन्दोलन एसपी र डिएसपीलाई कारवाही नभएसमम निरन्तर चलिरहने भएको छ । उनका अनुसार बाँकेसहित देशभरका २५ जिल्लाका महिला अधिकार मन्चकर्मीले आज सिडिओ अफिस घेराउ गरेका छन ।
बाँकेमा अधिकारीले पुलिस कमाण्ड सम्हालेदेखि नै उनी र बाँके पुलिस विवादमा आयरहेको छ । असक्षक र असफल कमाण्डकै कारण बाँके पुलिसको नैतिकहिनताले देशभरकै पुलिस संगठनमाथि यतिबेला प्रश्न उठिरहेको छ ।
बाँके एसपी अहिलेसम्म दुई दर्जनबढी विविध घटना र काण्डमा मुछिसकेका छन । तर, लुम्बिनी प्रदेशका डिआईजी र प्रहरी प्रमुख आईजीपी उनीमाथि कारवाही गर्ने प्रक्रियामा ढिलासुस्ती गर्दै आएको देखिएको छ ।
यसले एसपीको क्यासिनोदेखिको सेटिङ्ग डिआईजी हुँदै आइजीपीसम्म पुगेको हुनसक्ने नागरिकले आकलन गरेका छन । एसपी अधिकारीले बिना कारण पत्रकारदेखि अधिकारकर्मी हुँदै आम नागरिक र पुलिलाई नै सताउँदै आएको खुलेको छ ।
यसअघि आफनो पक्षमा समाचार नलेखि दिएको भन्दै एसपी अधिकारीले बाँकेका एक सम्पादकलाई डेढ घण्टासमम मुखै छोडेर गाली गलौज गरेका थिए । अधिकारकर्मीलाई थुनिदिने धम्की दिएका थिए । उनले
अगैयामा भएको गौहत्या प्रकरणमा आर्थिक लेनदेननमा निर्देशन दिएको आरोपमा छानबिनमा तानिएका बाँकेका एसपी अहिले दर्जनबढी घटनामा मुछिएका छन । उनीको यतिबेला चौतर्फी मात्रै होइन पुलिस भित्रै विरोध चलिरहेको छ ।
प्रशासन घेराउमा हत्या प्रकरणमा किटानी जोहरी दिदा समेत उजुरी दर्ता नगर्ने, घटना लुकाउन खोज्ने, समाचार लेखेको कारण पत्रकारलाई र न्याय माग्दा अधिकारकर्मीलाई धम्की दिदै दुव्र्यवहार गर्ने बाँकेका एसपी श्यामकृष्ण अधिकारीलाई तत्काल सरूवा गरी कानुनी कारवाही गर्नुपर्ने मन्चले माग राखेको खान बताउँछिन ।
एसपीको उक्सावटमा लागेर नागरिक गुनासोको सुनुवाई नगर्ने डिएसपी मधुसुदन न्यौपानेमाथि पनि छानबिन गर्नुपर्ने महिला अधिकारी मन्चको माग रहेको छ ।
बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेको दादागिरी तथा पीडकसँगको मिलेमतोका कारण नन्कुनी हत्या प्रकरणमा किटानी जहहेरीको उजुरी अहिलेपनि बाँके पुलिसले दर्ता गर्न चासो नदेखाएको खान बताउँछिन ।
आईजीपीको आडमा शान देखाउँदै बाँकेका पत्रकार र अधिकाकर्मीलाई धम्कीदिदै त्रर्साउदै आएका एसपी अधिकारी करिब दुई महिनाको अवधीमा दर्जनबढी काण्डमा मुछिएका छन । चोरी, डकैती, कुटपीट, बलात्कार अबैद्य असुलीदेखि हत्याका घटनामा समेत उनी असफल र असक्षम देखिएका छन ।
बाँकेका पत्रकार, अधिकारकर्मी, नागरिक समाजका अगुवा, सर्वसाधारण र पुलिस भित्रैका केही अधिकारीले समेत एसपी अधिकारीको तत्काल बाँकेबाट अन्यत्र सरूवा गरिनुपर्ने माग गर्दै आएका छन ।
तर, आईजीपीको नाम बेचेर उनकै आड र संरक्षणमा बाँकेका एसपीले पत्रकारदेखि अधिकारकर्मी हुँदै सर्वसाधारण र प्रहरीलाई नै धम्काउदै आएको चौतर्फी गुनासो छ ।
मुलुकी फौँजदारी कार्यविधि संहिता २०७४ मा प्रहरीले मुद्धा दर्ता गर्दिन भन्न पाउँने व्यवस्था गरेको छैन । कुनैपनि जाहेरी दर्ता गर्ने नगर्ने प्रहरीको तजबिजी अधिकार नभएको बाँकेका कानून व्यवसायी बताउँछन ।‘पीडितले दिएको जाहेरी प्रहरीले सम्मानपूर्वक दर्ता गरेर अनुसन्धान गर्नुपर्ने दायित्व प्रहरीको हो ।
फैसला दिने काम अदालतको हो । प्रहरीको वा एसपीको होइन । प्रहरीले दर्ता गर्न नमानेमा अन्य निकायबाट पनि जाहेरी दर्ता गर्न पाउने कानूनी व्यवस्था छ ।
गएको श्रावण ६ गते बिहान नन्कुनीको शव आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । तर, उक्त घटनामा बाँके पुलिसले प्रभावकारी अनुसन्धान समेत गर्न चासो देखाएको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments