Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजबाँकेका युवा केशर खड्का तरुण दलको केन्द्रिय सदस्यमा मनोनीत

बाँकेका युवा केशर खड्का तरुण दलको केन्द्रिय सदस्यमा मनोनीत

बाँके:नेपाली काङ्ग्रेस पार्टीको युवा फाँट तरुणदलमा संगठन बिस्तारको क्रममा देशभरी बाट तरुण दलको केन्द्रिय सदस्यमा मनोनीत गरेसँगै बाँकेमा जिल्ला तरुण दलको कोषाध्यक्षमा करिब १० बर्ष सक्रिय रहेका युवा समाजसेवी बैजनाथ गाउँपालिका २ डिगिया निवासी केशर खड्का तरुण दलको केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ।
बाँके बैजनाथ निवासी खड्का लामो समयदेखि लोकतान्त्रिक राजनीतिमा सक्रिय रहेर काम गरेका एक उदाउँदो युवाका रूपमा परिचित छन् ।सफल युवा ब्यवसायी समेत रहेका खड्का नेपाली काङ्ग्रेस बैजनाथ गाउँ कमिटी सभापति पदका लागी आन्तरिक चुनावमा उप बिजेता भएका उनि सभापतिमा पराजित भएपनि निरन्तर पार्टी र संगठन निर्माणमा लागी रहेका थिए। फलस्वरूप स्थानीय निर्वाचनमा बिजेता र उप बिजेता गाउँ कमिटी सभापति सबै एकजुट भएर बिगत ३० बर्ष देखि सत्तामा नपुगेको स्थानमा कम्युनिस्टको जग भत्काउदै नेपाली काङ्ग्रेस ४ वडा बहुमत सहितको कार्यापालिका स्थानीय सरकार गठन गर्न सफल बनाउने पात्र मध्येका एक हुन् केशर खड्का स्थानीय चुनाव जिताउन युवा देखि पार्टीका विभिन्न भातृ संगठन पार्टीका नेता कार्यकर्ता सब एकजुट भएर नेपाली काङ्ग्रेस बैजनाथको स्थानीय सरकार बागडाेरमा पुग्यो।
त्यतीमात्र नभई संघ र प्रदेशको निर्वाचनमा नेपाली काङ्ग्रेसका सह महामन्त्री किशोर सिंह राठौर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुँदै गर्दा टुरिस्ट उम्मेदवारको नाम पाएपनि ह्याबिबेट उम्मेदवार राठौर लाई चुनाव जिताउन युवा प्रमुखको जिम्मेवारी सम्हालेका खड्काले उम्मेदवारको सुरक्षा देखि चुनाव जिताउने सम्मको अहम भुमिका निर्वाह गरेर निरन्तर पार्टी निर्माण र आफ्ना उम्मेदवार जिताउन सफल भएका खड्कालाई जिल्ला देखि सिधा केन्द्रको राजनीतिमा जोडीन तरुण दलको केन्द्रिय सदस्य भएका छन् ।
उनि भन्छन् यो मेरो ब्यक्तिगत पद हैन पार्टीले दिएको जिम्मेवारी हो । बिगतमा म जसरी निरन्तर लागीरहे आगामी दिनहरुमा पनि पार्टी र नेतृत्व सफल बनाउन संगठन मजबुत त बिस्तार गर्न आफुले पाएको जिम्मेवारी पुर्ण रूपमा बहन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।खड्का संगै बाँके बाट तरुण दलको केन्द्रिय सदस्यमा विश्वराज लम्साल मनोनीत भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments