बाँकेको वैजनाथ गाउँपालिकामा मतगणना स्थगित भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मतगणनामा संलग्न कर्मचारीको निष्पक्षतामिथ प्रश्न उठाएपछि गणना स्थगित भएको हो । वैजनाथ गाउँपालिकाका निर्वाचन अधिकृत टेकबहादुर थापाले मतगणना स्थगित भएको बताए ।
नेपाली कांग्रेस वैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले मतगणनामा खटिएका कर्मचारीको शंकास्पद गतिविधि देखिएपछि आफूहरुले त्यहाँ खटिएका कर्मचारी परिवर्तन गर्नुपर्ने माग राखेका छन् कर्मचारी र सुरक्षा परिवर्तन नगरे सम्म अब मत गणना नहुने बैजनाथ ८ नेपाली काङ्ग्रेस वडा अध्यक्ष पदका उम्मेदवार भग्गन थारु।