नेपालगन्ज । बाँकेमा नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार एक सूचना जारी गर्दै केही समयका लागि नदीजन्य पदार्थ उत्खनन रोक लगाएको छ ।
गृह मन्त्रालयको परिपत्रका आधारमा अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्रि वितरणमा रोक लगाईएको जनाएको छ । नदिजन्य पदार्थ उत्खननमा रोक लगाईएपछी ठेक्का प्राप्त गरेका ठेकेदार कम्पनीहरुले रोक लगाईएपछी बिरोध जनाएका छन् ।