Sunday, January 12, 2025
spot_imgspot_img
Homeराष्ट्रियबाँकेमा निर्वाचनको सूचना सम्प्रेषण गर्न पत्रकारहरुलाई सास्ती

बाँकेमा निर्वाचनको सूचना सम्प्रेषण गर्न पत्रकारहरुलाई सास्ती

नेपालगन्ज : बाँकेमा निर्वाचनको मतगणना सम्बन्धी सूचना प्राप्त गर्न पत्रकारहरुले सास्ती खेप्नु परेको छ । बाँकेमा निर्वाचनको मतगणना सुरु भईसक्दा पत्रकारले सहज रुपमा आधिकारिक सूचना प्राप्त गर्न नसकेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत सहितको टोली खटिएको छ । पत्रकारका अनुसार अधिकांस निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको फोन उठ्दैन ।

छिमेकी जिल्ला बर्दियामा जिल्लाका सबै स्थानीय तहको मतगणना परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत एकैसाथ सार्वजनिक गर्ने ब्यवस्था भइरहेका बेला बाँकेमा सूचना प्रवाहमा बेवास्ता गरिएको छ । सही सूचना प्राप्त गर्न नसक्दा बाँकेका पत्रकारहरुले हैरानी बेहोरेका हुन् ।

‘मुख्य निर्वाचन अधिकृतको फोन उठ्दैन, सूचना अधिकारी कस्लाई तोकिएको छ, त्यो पनि जानकारी छैन, अरु स्थानीय तहका निर्वाचन अधिकृतको पनि अवस्था त्यस्तै छ, यसले गर्दा जिल्लाभरका स्थानीय तहको निर्वाचन मत परिणाम अपडेट गर्न एकदमै समस्या भईरहेको छ,’ एक पत्रकारले भने ‘सूचनाको युगमा पत्रकारलाई यसरी सूचनाबाट बञ्चित गर्नु दुर्भाग्य नै हो ।’

विगतका निर्वाचनमा नेपालगन्जमा मतगणना स्थलमा पत्रकारका लागि इन्टरनेट सुविधासहित मिडिया सेन्टर स्थापना गर्ने गरिएको थियो । यसपटक पत्रकारलाई सूचना प्रदान गर्ने विषयमा निर्वाचन कार्यालयले खासै चासो नदिएको अधिकांस पत्रकार तथा सञ्चारकर्मीको गुनासो छ । मतगणनाको सूचना पत्रकारले सम्बन्धित अधिकारीबाट सहज रुपमा पाउन नसक्दा मत परिणाम फरक-फरक सार्वजनिक हुन सक्ने खतरा देखिएको छ । निर्वाचन कर्मचारीको गैरजिम्मेवारीका कारण नेपालगन्जसहित ८ वटै स्थानीय तहबाट आधिकारिक सूचना पाउन पत्रकारलाई सास्ती र चुनौती छ ।दुरसन्चार बाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments