नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाँके जिल्ला कमिटी भेला एवं प्रशिक्षण कार्यक्रम बुधबार दिउँसो नेपालगन्ज न्युरोड स्थित होटेल रोयल प्यालेसमा हुने भएको छ।
उक्त कार्यक्रममा बाँके जिल्ला भरका जिल्ला नेता कार्यकर्ताहरुको सहभागी रहने छ भने नेतृत्वमा परिवर्तन हुन सक्ने सम्भावना पनि उत्तिकै छ । बुधबार हुने भेला बाट जिल्ला नेतृत्व युवाहरुमा हस्तान्तरण गरेर अग्रज नेतालाई सम्मान र युवाहरूलाई प्रोत्साहन गर्नुका साथै अबको राजनीति युवाहरुले नेतृत्व गरे मात्र समाजवादको लक्ष्यमा पुग्न तथा आगामी निर्वाचनमा पार्टीको स्थान तय गर्ने छ। बिगतमा पनि बामदेब गौतम,बिजय कुमार गछद्वार,बाबुराम भट्टराई जस्ता ब्यक्तिहरुले आफुले खोलेको पार्टीमा भबिस्य नदेखेर बिकल्प रोजेको ईतिहास साक्षी छ।तैपनि नेकपा एकीकृत समाजवादीले निश्चित लक्ष्य र संबिधान बचाएको र नेपाली राजनीतिमा वामपन्थी बिचार राख्ने पुर्ब प्रधानमन्त्री झलनाथ खनाल वरिष्ठ नेता र पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल अध्यक्ष मात्र नभएर पार्टी अलग खोल्ने बित्तिकै जनता द्वारा स्वागत र पार्टी सरकारमा सहभागी भएकाले अर्थपूर्ण रूपमा हेरिएको युवा संघ नेपाल का केन्द्रिय महासचिव दिपक जि एम ले बैजनाथ लाई जानकारी दिए।