Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियबाँकेमा नेकपा एमाले-नेपाल पक्षले २७५ जनाको जिल्ला कमिटी गठन गर्यो।

बाँकेमा नेकपा एमाले-नेपाल पक्षले २७५ जनाको जिल्ला कमिटी गठन गर्यो।

बैजनाथ सम्बादाता मंगलबार २४ चैत,नेकपा एमाले माधव नेपाल पक्षको  बाँके   जिल्ला कमिटिको बिस्तारित बैठक  मंगलबार  बैजनाथ ५ जि गाउँमा सम्पन्न भएको छ ।बिस्तारित बैठकको भेला बाँके जिल्ला  नेकपा  एमाले  अध्यक्ष अशोक कोइरालाको अध्यक्षतामा  बसेको थियो। विस्तारिक बैठकमा  माधव  नेपाल पक्षका लुम्बिनि प्रदेश इन्चार्ज युवराज ज्ञवालिको प्रमुख अथितिमा २ सय ७५ जिल्ला कमिटि गठन गरिएको छ ।

प्रमुख अथिति ज्ञवालिले  फागुन २८ गतेको निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष के पि शर्मा ओलिले सच्याउनु पर्ने र निर्वाचित पदाधिकारीको पद खारेज असंबैधानिक भएको र  आगामी महाधिवेशनका  लागि १५ सय आयोजक कमिटि रद्व गरे पार्टी  एक  भएर अगाडि बड्ने धारणा राख्नु भयो।

कार्यक्रममा   पूर्व मन्त्री तथा संविधान सभा सदस्य दल बहादुर सुनारले संविधानमा नभएको  अधिकार प्रयोग गर्दै देशलाई अँध्यारोमा धकेल्ने र पार्टीलाई अन्योल बनाउन खोज्नु साथै संविधानको मर्म अनुरुप केपी ओलीले सरकार र पार्टी चलाउन  नसक्दा देशमा दुर्घटना परेको बताउनुभयो । नेकपा एमाले एक गर्न केपी ओलीले चालेका कदम फिर्ता लिनु पर्ने बताउनुभयो । कम्युनिस्ट  एकता कमजोर हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

प्रमुख अथिति  ज्ञवालीले  जिल्ला  कमिटी सदस्यहरुलाई  पार्टीको गोप्यनियताको सफथग्रहण गराउनु भएको थियो।आफु खुशी अधिकार प्रयोग गर्दै देशलाई बन्धक बनाउन खोज्नु र संविधानको मर्म अनुरुपन केपी ओली  चल्न नसक्दा देशमा दुर्घटना परेको बताउनुभयो  ।  नेकपा एमाले एक गर्न केपी ओलीले चालेका कदम फिर्ता लिनु पर्ने र कम्युनिस्ट  एकता कमजोर हुदै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अशोक कोईरालाले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments