कोहलपुर १५ साउन
नेपाल शिक्षक महासङ्घ आवद्ध शिक्षकहरुले शुक्रबार विहान १० बजेबाट एक दिने अनसन बसेका छन् । केन्द्रिय सर्कुलर अनुसार बाँकेकोका सबै स्थानीय तहहरुमा शिक्षकहरु अनशन बसेका हुन । यसैबीच खजुरा गाउँपालिका शिक्षकहरुले खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिक मार्फत मागपत्र बुझाएका छ्न । नेपाल शिक्षक महासंघ स्थानीय आन्दोलन परिचालन समिति खजुराका संयोजक श्रवण कुमार खड्का सहितको टोलीले माग पत्र बुझाएको हो । मागपत्र बुझ्दै उपाध्यक्ष बिकले शिक्षकहरुका मागहरू जायज भएको बताउदै गाउँपालिका मार्फत मागपत्र केन्द्रमा पठाइने बताइन् ।
विभिन्न ३४ बुँदे माग राख्दै आन्दोलन थालेको महासङ्घ आवद्ध शिक्षकहरु देशभरिका ८३८ निकाय तथा काठमाडौँको माइतीघरमा अनसन बसेका छन् । उनीहरु पालिका, शिक्षा विकास तथा समन्वय एकाइ र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयको प्रवेशद्वारमा अनसनमा बसेका छन् भने केन्द्रीय पदाधिकारीहरु माइतीघरमा बसेका हुन् । करिब तीन हजार शिक्षक रिले अनसनमा सहभागी भएको महासङ्घले जनाएको छ ।अनसन दिउँसो ४ बजेसम्म जारी रहने छ ।