नेपालगन्ज /नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको शभाहलमा भएको बाँकेका विशेष गरि बिकासे कार्यालयका प्रमुखहरु सँगको बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिनुभएको हो ।
बिकास निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजीगर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले बिकस निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले बिकासको गति पछि धकेलिएको स्मरण गराउनु भयो । करिब एक दर्जन बढि कार्यालय प्रमुखहरुको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनैपनि कार्यालय लाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । कार्यालय प्रमुखहरुका बिच सम्बोधन गर्दै मन्त्री अथकले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरु लाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनता लाई पनि दवाब सृजना गर्न लगाउनुपर्ने बताउनु भयो । सिक्टा सिचाई आयोजना,हुलाकी सडक,बाँकेमा पुर्ण बिद्युतिकरण लगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुनलागेका सडक तथा पुल र बिकास निर्माणको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखरु सँग जानकारी लिने काम भएको थियो ।
बैठकमा उपस्थित सम्पुर्ण कार्यालय प्रमुखहरुले समयमै काम सम्पन्न गर्ने प्रतिवद्दता जनाएकाछन । मँगलबार पनि कोहलपुर क्षेत्रका कार्यालय प्रमुखहरु सँग पनि यस्तै प्रकृतिको कार्यक्रम मन्त्री अथकले आयोजना गर्नु भएको थियो ।