Wednesday, November 27, 2024
spot_imgspot_img
Homeराष्ट्रियबाँकेमा बिद्यालय खोल्न स्थानीय तहलाई अधिकार

बाँकेमा बिद्यालय खोल्न स्थानीय तहलाई अधिकार

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय तहको स्वीकृतिमा भौतिक रुपमै विद्यालय सञ्चालनको अनुमति दिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बिहीबार जारी गरेको आदेशमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालन गर्न दिने उल्लेख छ । स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर जिल्लाका शैक्षिक संस्थाहरु खोल्न दिने निर्णय जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । त्यसका लागि स्थानीय तहले स्वीकृति भने लिनु पर्नेछ । पालिकाको जोखिमको अवस्था हेरेर उनीहरुले गर्ने सिफारिसका आधारमा स्थानीय प्रशासनले स्विकृित दिएपछि भौतिक रुपमै कक्षा सञ्चालन हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments