नेपालगन्ज/बाँके जिल्ला नेपालगन्ज उप महानगरपालिका लगाएत देशका विभिन्न स्थानीय तहहरुमा भएको गठबन्धन बारे युवा संघ नेपालका केन्द्रिय महासचिव दिपक जि एम ले यसो भन्नुहुन्छ: महानगर र उप-माहानगरमा पाँच दलिय गठवन्धन भएको छ, तर स्थानिय स्तरमा केन्द्रले गरेको गठवन्धनको मर्म बिपरित गतिबिधि गरेको देखिन्छ। के नेपालगन्जमा(एकीकृत समाजवादी) ले रुख र छातामा मतदान गर्न बाध्य छ त? हेक्का रहोस सुर्य छ किनकि केन्द्रीय निर्देशन अनुसारको सत्ता गठबन्धनमा नेपाली काङ्ग्रेस र जनता समाजवादीले मात्र लिएर एकलौटि ढंगबाट अगाडि बडेपछि समस्या उपन्न भएको हो।
नेपालगन्जमा नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग कुनै सहकार्य नगरिकन दुईदल बिच मात्र सिट बाँडफाँट गरेकोले नेपालगन्ज उप महानगरको हकमा रुख र छातामा मतदान गर्न बाध्य नहुने युवा संघ नेपालका महासचीव एवं नेकपा एकीकृत समाजवादी बाँके जिल्ला सचीव दिपक जि. एम.ले सामाजिक सन्जाल फेसबुक मार्फत यस्तो भनाई राख्नु भएको छ।
यस्तो छ गठबन्धनको निर्णय :
गठबन्धनको बैठकले बागी उम्मेद्वारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।
६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने निर्णयसमेत गरेको छ । गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ ।
गठबन्धनका दलहरूका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरू आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने निर्णयसमेत बैठकले गरेको छ । त्यसका लागि स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवस्यक परामर्श र सहयोग लिनेछ । गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णयसमेत बैठकले गरेको छ ।