बाँके,भदौ २२ गते । बाँकेको वैजनाथ गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष कालीवहादुर सिंह सहितका जन प्रतिनिधीहरुले नेकपा एमाले परित्याग गरी नेकपा नेकपा (एकीकृत समाजवादी) रोज्नुभएको छ । मंगलबार सिंहले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) रोजेर सनाखत गर्नुभएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
मंगलबार खजुरा १ का वडा सदस्यद्धय देवप्रसाद बुढा र रामवहादुर शाही, जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजकुमार धोवी, कोहलपुर ६ का वडा सदस्य फागु थारु र ११ का सदस्य हरिकला सुनारले नेकपा (एकीकृत समाजवादी) रोज्नुभएको छ । बाँकेमा नेकपा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधीहरुको संख्या १२ पुगेको छ ।
नेकपा एकीकृत समाजवादी बाँकेका अध्यक्ष अशोक कोइराला, उपसचिव अव्दुल हुसेन खाँ,लालवहादुर खत्री दीपक जिएम, लक्ष्मण ज्ञवाली लगायतका नेताहरु पनि निर्वाचन कार्यालय पुग्नुभएको थियो । बैजानाथका नेकपा एसका कार्यकर्ताहरु जुलुससहित निर्वाचन कार्यालय पुगेका थिए ।