बैजनाथ सम्बादाता बुधबार ४ चैैत
बाँके जिल्ला का सम्पुर्ण स्थानीय तह वडा हुँदै टाेल टाेलम वाईसीएल पुनर्जागरण अभियान संचालन गरिएको छ।जस अन्तरगत बिहिवार बाँके को कोहलपुर नगरपालिका कमिटी को बैठक सप्पन्न भएको छ।आगामी चैत ०७ गते देखी कोहलपुर नगरपालिका का १५ वडाहरुमा वाईसीएल पुनः जागरण अभियान सन्चालन गर्ने बिहिवार वाईसीएल कार्यालय कोहलपुरमा बसेको बैठकले निर्णय गरेको छ ।
बैठकमा ने क पा ( माओवादी केन्द्र ) का प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने को प्रमुख अतिथित्वमा , वाईसीएल का केन्द्रिय सदस्य सुरज जागा , वाइसीएल बाँकेका संयोजक आकाश कार्कि , दुर्गा तारामगर लगाएतका नेताको उपस्थितिमा बैठक बसेको हो ।
अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा एकता निर्वाचन आयोग म अरु कै नाममा दर्ता भएकोले अधिकार खोसेपछी पुर्ब पार्टी बिउतिएका हुन । पुर्बवत अवस्थामा फर्किएपछी सबै संगठन बिउतिनु स्वाभाविक भएको प्रमुख अतिथी नरेन्द्र न्यौपानेले बताए ।
आगामी दिनमा वाईसीएल सबै वडा टाेलमा पुग्ने र राजनीति मात्र नभएर नागरिकलाई युवा जमातले सुरक्षीत महसुस गराउने केन्द्रिय सदस्य सुरज जागाले बताए ।उक्त बैठकले वाईसीएल पुनः जागरण लाई तिब्रता दिने र नयाँ गठन गर्दै जाने जिल्ला संयोजक आकाश कार्कीले जानकारी दिए।