नेपालगन्ज आईतवार १२ बैशाख
बाँकेमा पछिल्लो १२ घन्टायता मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज–३ की संविधानसभा सदस्य ६२ वर्षीया मोहम्मद सिद्दिकीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य थिइन् । कोरोना संक्रमण पुष्टि भएपछि सिद्धिकी गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना भएकी थिइन् ।
उपचारको क्रममा उनको गएराति मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज बहादुर वलीले जानकारी दिए ।
यस्तै कोरोना संक्रमबाट खजुराकी ४७ वर्षीया महिला र ३६ वर्षीय पुरुष र नेपालगन्जका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको वलीले जानकारी दिए ।
यस्तै कोहलपुरमा एक जना कोरोना संक्रमित घरमै मृत अवस्थामा भेटिएका छन्। ६० वर्षीय पुरुष गएराति मृत अवस्थामा भेटिएका जिल्ला स्वाथ्य कार्यालय बाँकेले जनाएको छ ।