दिपक राई
नेपालगन्ज । नेपाली कांग्रेस पार्टी कार्यालयमा लगाइएको ताला खुलेको छ । फर्जी क्रियाशील सदस्यतालाई वैधानिकता नदिने प्रतिबद्धतापछि ताला खोलिएको कांग्रेस युवा नेता पूर्ण आचार्यले बताए ।
बुधवार साँझ नेपाली कांग्रेस बाँकेको कार्यालयमा रहेको १४औं अधिबेशन निर्वाचन सचिवालयमा ताला लगाइएको थियो । केन्द्रिय क्रियाशील सदस्यता छानविन समिति सदस्य, केन्द्रिय निर्वाचन समितिका पदाधिकारी एवं सदस्यहरु र जिल्ला निर्वाचन अधिकृतसंगको संवाद र छलफलबाट २३९ फर्जी क्रियाशील सदस्यतालाई बैधानिकता नदिने प्रतिबद्धता व्यक्त भएपछि निर्वाचन सचिवालयमा लागेको ताला खोलेको आचार्यले जानकारी दिए ।
फेरि यस्तै अबैध क्रियाशील सदस्यता कहिँकतैबाट कुनै पनि बहानामा थपघट गर्ने गराउने काम भएमा सशक्त प्रतिकार गर्न बाध्य हुने आचार्यले चेतावनी दिएका छन् ।
यस बारे माधवराम खत्री भन्नुहुन्छ नेपाली काङ्ग्रेसले सदस्यता बितरण गरेका क्रियाशिल सदस्य फर्जी हैनन।नत म अधिबेशनको बिरोधि हुँ न कुनै सदस्यहरुको पक्ष विपक्षमा न त कसैलाई सोधेर नै तालाबन्दी गरेको हो।ताला बन्दी गर्नु गलत हो ।नेपाली काङ्ग्रेसलाई बदनाम बनाएर आफू चर्चामा आउँन खोज्नु कदम कदाचित राम्रो होइन । सदस्यता नवीकरण बारे नयाँ बाहेक पुराना क्रियाशिल सदस्यहरुले अन्तिम मतदानको दिनसम्म पनि नवीकरण गर्न पाउँने अधिकार पार्टीको बिधानमा छ। त्यो कोई कसैले रोक्दैमा रोकिदैन बरु यस्तो गर्नु पार्टीको गरिमा बिपरित हो। के सबै क्रियाशिल सदस्य खारेज गरेर अर्को पार्टीमा जबर्जस्ति जान बाध्य बनाउने हो त ? हैन पक्कै पनि एउटा लोकतान्त्रिक पार्टीको निति र बिधि बिपरित काम हामीले गर्न मिल्दैन।
आफ्नो निजि स्वार्थका लागि जो कोहिले पनि आफ्नो अधिकार नभएको काम गर्नु हुँदैन ।यदि सबै अन्य पार्टीमा प्रवेश गरेर गए भने त्यसको जिम्मेवारी कस्ले लिने ?त्यसैले आफू कदापि तालाबन्दी गर्ने पक्षमा नभएको बताउदै यस्ता अराजक कामहरु गरेर पार्टीको नाम बदनाम नगर्न सबै पार्टी सदस्यहरुलाई खत्रीले अनुरोध समेत गर्नुभएको छ।