बाँके:नेपालगन्ज नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपालले बिहिवार नेकपा माओवादीले तत्कालीन जनयुद्धका सर्वोच्च कमाण्डर , संघिय लोकतान्त्रिक गणतन्त्रका नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” लाई १२ बुँदे समझदारी,बिस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायको मर्म बिपरित द्वन्दकालिन घटना लाई लिएर भैरहेका चलखेल र षड्यन्त्रका विरुद्ध बाँके वाइसीएल संयोजक आकाश कार्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार लाई ज्ञापन पत्र बुझाएको छ ।
शान्तिप्रक्रियाका बाँकी कामहरूकाे निरुपण गर्न , द्वन्दकालिन घटनाबाट पिडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आबश्यक बिधेयक निर्माण गरि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिकाे छानवीन सम्बन्धि आयोग गठन गरि संक्रमणकालिन न्यायका बारेमा मुलुकमा उठेका महत्त्वपूर्ण बिषयहरुकाे निरुपण गर्न शान्ति प्रक्रियाका बाँकी कामलाई बिस्तृत शान्ति सम्झौता र संबिधानकाे भावना र मर्म अनुसार नेपाल सरकार बाट निष्कर्षमा पुर्याउन नेपाल सरकार समक्ष माग सहितको ज्ञापन पत्र वाईसीएल नेपाल बाँके ले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको वाईसीएल संयोजक कार्कीले जानकारी दिनुभयो ।